बिहीबार, १५ चैत २०८०

बिदाको मौका छोपी दुई बालिकामाथि एक शिक्षकले पटक पटक यौन शोषण गरेको सार्वजनिक भएपछि …

समयपोष्ट २०७६ कार्तिक २ गते ७:२८

Advertisement

धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा रहेको एक निजी विद्यालयमा पढ्ने दुई बालिकामाथि एक शिक्षकले पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ ।

ढल्केबर एकेडेमी बोर्डिङ स्कुलमा मिनी बोडर्समा पढ्ने सात वर्षीया र नौ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले पटक पटक जबर्जस्ती करणी गरेको घटना बाहिर आएको हो ।

घटना सार्वजनिक भएपछि शिक्षक टेकेन्द्रलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।

झापाको मेचीनगर नगरपालिका ३ घर भएका शिक्षक टेकेन्द्र ढल्केबर एकेडेमी स्कुलमा बसेर समाजिक विषय अध्यापन गराउँदै आएका थिए ।

दशैँअघि देखि नै बिदाको दिनको मौका छोपी मिनी बोडर्समा पढ्दै गरेकी ती दुई जना बालिकालाई शिक्षक टेकेन्द्रले ललाइफकाइ तथा धम्की दिँदै पटक पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ ।

कसैलाई भने ज्यान लिने धम्की दिँदै आएका कारण ती पीडित दुई जना बालिकाले घटना गोप्य राखेको बताइएको छ ।

प्रहरीकाअनुसार घटना सार्वजनिक भएपछि पीडित दुई जना बालिका र आरोपी शिक्षक टेकेन्द्रको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

आरोपी शिक्षकमाथि जबर्जस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री