शुक्रबार, १६ चैत २०८०

हिरोको प्रिमियम एडभेञ्चर मोटरसाइकल–एक्सपल्स २०० नेपाली बजारमा

समयपोष्ट २०७६ असोज ३० गते ११:२९

Advertisement

हिरोले नेपाली बजारमा प्रिमियम एडभेञ्चर मोटरसाइकल–एक्सपल्स २०० भित्राएको छ । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले पत्रकार सम्मेलनमार्फत उक्त बाइक सार्वजनिक गरेको छ ।

हिरो एक्सपल्स २०० सिरिज उत्कृष्ट प्रिमियम एडभेञ्चर मोटरसाइकल हो । मोटरसाइकल सार्वजनिक गर्दै कम्पनीले एक्सपल्स २०० उच्च टेक्नोलोजिमा आधारित प्रिमियम उत्पादन रहेको जनाएको छ । यसै अवसरमा कम्पनीले उक्त मोटरसाइकल नेपाली बजारको लागि आफ्नो महत्वकाँक्षी प्रिमियम उत्पादन प्रदान गरिएको समेत जानकारी दिएको छ ।

हिरो एक्सपल्स २०० को बजार मूल्य ३ लाख ८५ हजार तोकिएको छ । सार्वजनिक भएको छोटो समयमा नै भारतीय बजारमा राम्रो व्यापार गर्न सफल हिरो एक्सपल्स २०० मा २०० सीसीको कार्बुरेटर इन्जिन जडान गरिएको छ । जसले १८.४ पिएस र १७.१ एनएमको टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सुरक्षा र सुविधामा प्रखर मानिएको एक्सपल्समा एकल च्यानल एबिएस प्रणालीसहित मोड मोडको परिचालन, एलइडि हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटूथ सहितको डिजिटल गति सूचक यन्त्र, टाइ प्यवाइन्टयुक्त ठूलो आसन र रबर प्याड उपलब्ध गराइएको छ ।

आजैदेखि नेपाली बजारमा बिक्रिवितरण सुरु गरिएको हिरो एक्सपल्स २०० मोटरसाइकल चकलेटी चमकदार रातो, कालो, हल्का सिल्ड सुनौलो र हल्का एक्सिस कैलो गरी ४ रङ्गमा उपलब्ध रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री