शुक्रबार, ७ वैशाख २०८१

एस-प्रेसो गाडीको बुकिङ खुल्ला, यस्ता छन् विशेषता

समयपोष्ट २०७६ असोज २९ गते १७:३५

Advertisement

सुजुकी गाडीको अधिकृत विक्रेता सिजी मोटोकर्पले एस-प्रेसो गाडीको बुकिङ खुल्ला गरेको छ।

यो गाडीको सुरुवाती मूल्य २२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ। स्पोर्ट्स युटिलिटी भेहिकल अन्तर्गत रहेको एस-प्रेसोले प्यासेन्जर कार सेगमेन्टमा नयाँ परिभाषा दिने कम्पनीको दाबी रहेको छ।

उच्च एसयसुभी स्तर र ग्राउण्ड क्लियरेन्स भएको गाडीमा शहरी क्षेत्रका सबै कच्ची सडकमा गुड्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ।१.० इन्जिन र ६८ पिएसको अधिकतम शक्ति रहेको यो गाडीले प्रति लिटर झण्डै २२ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।यो अत्याधुनिक प्रविधी र डिजाइन जडान गरिएको यो गाडीमार्फत ग्राहकले नौलो अनुभव लिन सक्ने कम्पनीले लाबी गरेको छ।

पाँचौ संस्करणको हर्टेक्ट च्यासिस रहेको यो गाडीमा सुरक्षा र ह्याण्डलिङमा तुलनात्मक हिसाबले राम्रो रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सुरक्षालाई मध्यनजर गर्दै गाडीमा भारतको पछिल्लो सुरक्षा नियम अन्तर्गतको सुविधा(फ्रन्टल अफसेट क्र्यास, साइड इम्प्याक्ट) जडान गरिएको छ।

गाडीमा डुअल एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, प्रि टेन्सनर्स सहितको सिट बेल्ट, फवर्स लिमिटर्स, सिट बेल्ट रिमाइन्डर, हाइ स्पिड वार्निङ अलर्ट, रिभर्स पार्किङ सेन्सर लगायतको सुविधा छ।

मनोरञ्जनका लागि गाडीमा स्ट्रिङ माउन्टेड अडियो र भ्वाइस कन्ट्रोल जडान गरिएको छ। यात्रुले एड्भान्स स्मार्ट प्ले स्टुडियोमार्फत म्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेशनको प्रुयोग गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एण्ड्रोइड अटो, एप्पल कारप्ले र अन्य स्मार्ट प्ले एप प्रयोग गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री