बिहीबार, १३ वैशाख २०८१

सोनिकासंगको भिडियो बाहिरिएपछि पारसले भने- राजा हुँन जन्मिएको होइन, म त साधु

समयपोष्ट २०७६ असोज २९ गते १४:०१

Advertisement

 

पुर्व युवराज पारस शाहले आफु राजा हुन नजन्मिएको बताएका छन् । मोडल तथा युट्युबर सोनिका रोकायालाई बाइकमा हालेर हुईकिएको भिडियो सार्वजनिक भएपछि उनले सञ्चारकर्मिहरुसंगको कुराकानीमा भने,’म राजा हुँ र मोटरसाइकलमा हिड्दा लाज मान्नुपर्ने ?’,’म राजा हुँनको लागि जन्मिएको पनि होइन र राजसी ढाटको मान्छे पनि होइन’उनले भने ।

पुर्व पुवराज पारसले आफु मोटरसाइकलमा हिड्दा स्वतन्त्र हुँने बताए । उनले भने, ‘म साधुको जस्तो जीवनशैली बिताउँछु’। उनले आफु हरेक काम गर्न स्वतन्त्र भएको बताए । उनले धन सम्पत्तिको नाममा आफ्नो एउटा मोटरसाइकल,अपार्टमेण्ट र गाडी मात्र रहेको बताए । उनले आफुमा सत्ताको लालसा नभएको समेत दाबी गरे । उनले भने,’ म राजा हुने आशक्तिको मान्छे होइन म ज्ञानी र ध्यानी हुन्छु। अध्ययनमै समय बिताउँछु ‘।

 

आफुबारे भैरहेको आलोचनाबारे पुर्व युवराज पारसले भने,’जो सुकैले जे सुकै भनोस् म खुला मान्छे हुँ र त्यहीँ चाहन्छु’। पारसले अहिले आफु पुर्विय दर्शन अध्ययन गरिरहेको समेत बताए । उनले अब कुनै गल्ती नगर्ने र आफु हिजोको जस्तो नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री