शुक्रबार, ७ वैशाख २०८१

टीभीएसको डाउनलोड एण्ड विन चाडपर्व योजना, बम्बरमा जुपिटर क्लासिक प्राप्त गर्ने अवसर

समयपोष्ट २०७६ असोज २७ गते १६:३७

Advertisement

नेपालका लागि टीभीएस दुई पाङग्रे सवारी साधनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले अग्रणी म्यासेन्जिग एपलिकेशन भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना सार्वजनिक गरेको छ ।

यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टीभीएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड पर्नेछ ।

विजेताहरु लक्की ड्र मार्फत चयन गरिनेछ र उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरुप टीभीएस जुपिटर क्लासिक प्राप्त गर्नेछन् । यो अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहनेछ ।

यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इनजीन भएको प्रति घण्टा ८५ किलोमिटर शीर्ष स्पीड भएको सार्प र क्लासीक स्टाइललाई मूर्त रुप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासीक स्कुटर हो ।

टीभीएस जुपिटर क्लासीकको सिटको उचाइ ७६५ एमएम रहेको छ जसले सबै उचाईका चालकहरुलाई सहजता सुनिश्चित गर्दछ ।

यसै अवसरमा जगदम्बा मोटर्सका एमडी शाहिल अग्रवालले भने, ‘हामी सदैव हाम्रा ग्राहकहरुलाई अतिरिक्त लाभ प्रदान गर्न नयाँ तथा नविनतम योजना ल्याइरहेका छौं जुन हाम्रो बिक्र्रीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ । हामीलाई विश्वास छ कि यो प्रयासलाई सबैले प्रशंसा गर्नेछन् र हामीले अत्याधिक प्रतिक्रियाहरु प्राप्त गर्नेछौं ।’

एपीएसी विजनेस डेभ्लप्मेन्टका सिनियर डाइरेक्टर अनुभव नायरले राकुटेन भाइवर चाडपर्व अफरमार्फत नेपाली प्रयोगकर्तालाई थप खुशी प्रदान गर्न टीभीएससँग फेरि काम गर्न पाउँदा निकै प्रसन्न भएको बताए । नेपाल राकुटेन भाइवरका लागि निकै महत्वपूर्ण बजार हो र हामी हाम्रा प्रयोगकर्ताका लागि थप मुल्यवान बनाउने बताए ।

टीभीएस मोटर कम्पनी ८.५ बिलियन अमेरिकी डलर भएको टीभीएस ग्रुपको फ्यागसिप संगठन अन्तर्गतको एक प्रतिष्ठित दुई पाङग्रे र तीन पाङग्रे सवारी निर्माता हो । विगत सय वर्षदेखिको ग्राहकहरुको विश्वास, मुल्य र प्यासनको साथ टीभीएस मोटर्स कम्पनी अविभाजित ग्राहक अनुभवका लागि नविनतम र उच्च स्तरीय गुणस्तर प्रदान गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री