शनिबार, ८ वैशाख २०८१

मनाङ एयरको नयाँ हेलिकोप्टरले थाल्यो ब्यवसायिक उडान

समयपोष्ट २०७६ असोज २७ गते १३:१३

Advertisement

मनाङ एयरले नयाँ हेलिकोप्टरबाट व्यवसायिक उडान सुरु गरेको छ । कम्पनीले सोमबारदेखि फ्रान्समा निर्मित आत्याधुनिक’एयरबस हेलिकोप्टर’ को एएस३५०बी३ई (एच 125) हेलिकोप्टर ९ एन-एएनजे बाट ब्यवसायिक उडान सुरु गरेको हो।

कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै औपचारिक रुपमा नयाँ हेलिकप्टरबाट सेवा सुरु गरेको जानकारी दिएको छ ।

कम्पनीद्धारा संचालनमा ल्याएको अत्याधुनिक नयाँ एयरबस हेलिकप्टरले २३ हजार फिटको उच्च उचाइसम्म सुरक्षित उडाउन भर्न सक्ने कम्पनीको दाबी छ ।

नयाँ हेलिकप्टर संचालन आएसँगै कम्पनीको सेवामा थप विस्तार भएको र अति दक्ष पाइलट तथा प्राविधिकद्वारा पर्यटकीय, दृष्यावलोकन तथा उद्धार कार्य उडानमा सहयोग पुग्ने र विमानसेवामा अझ बढि प्रभावकारीता प्रदान हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उडान सुरु गरिएको हेलिकप्टर मार्फत अतिउच्च हिमाली क्षेत्रहरुमा उद्दार, स्वदेशीलाई आवश्यक ठाउँमा उडान तथा विकास निर्माण लगायतका विविध क्षेत्रमा समेत हेलिकप्टर प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री