बिहीबार, १५ चैत २०८०

प्राईम लाइफले दियो मृतक परिवारलाई बिमाको ५८ लाख

समयपोष्ट २०७६ असोज १६ गते ९:३४

Advertisement

प्राइम लाइफ बिमा कम्पनीले जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभीड निवासी मृतक लक्ष्मीप्रसाद उपाध्यायको परिवारलाई बिमा गरेबापत दुई किस्ता गरी रु ५८ लाख ५० हजार उपलब्ध गराएको छ ।

बिमा कम्पनीले एक कार्यक्रम गरी मृतक उपाध्यायकी श्रीमती अप्सरा उपाध्यायलाई दोस्रो किस्ताबापत रु २६ लाख ९४ हजारको चेक हस्तान्तरण गरेको हो । पहिलो किस्ताबापत रु ३१ लख ५६ हजार यसअघि नै उहाँलाई हस्तान्तरण गरि सकिएको प्राइम लाइफ जुम्लाका शाखाका प्रमुख करबहादुर शाहीले बताउनुभयो ।

लक्ष्मीप्रसाद उपाध्यायले विसं २०७४ पुस २४ गते रु ३० लाखको बिमा गराउनुभएको थियो । उहाँको २०७५ पुस २४ गते शौचालयमा जलेर मृत्यु भएको थियो । मृत्युपूर्व भने एक किस्ताको रकम रु दुई लाख १० हजार तिर्नुभएको परिवारले जनाएका छन् ।

जुम्लामा २६ मृतक परिवारलाई बिमाअनुसारको रकम उपलब्ध गराइएको बिमा कम्पनीका प्रदेश प्रमुख रामबहादुर शाहीले बताउन्ुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री