शुक्रबार, ७ वैशाख २०८१

ग्लोबल आईएमई बैंकले २५.५० प्रतिशत लाभांश दिने

समयपोष्ट २०७६ असोज १४ गते १२:५४

Advertisement

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको मंगलबार सम्पन्न ३२९ औं बैठकले अघिल्लो आर्थिक वर्षको तुलनामा ९.५० प्रतिशत धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैठकले प्रतिशत १२.७५ बोनस र बोनसमा लाग्ने कर सहित १२.७५ प्रतिशत नै नगद लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १३ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री