बिहीबार, ६ वैशाख २०८१

डाक्टर र इन्जिनियरिङभन्दा म्यानेजमेन्टमा आकर्षण बढ्दो छ : डीएभी कलेजका अध्यक्ष अनिल केडियाको विष्लेषण

समयपोष्ट २०७५ असोज १४ गते १४:१९

डीएभीमा स्नातक र स्नातकोत्तर दुवै सञ्चालन गरिरहेका छौँ । स्नातकमा बीबीए, बीबीएस र बीएस्सी छ । बीबीए सञ्चालन गरेको १४ वर्ष भयो । हामीले यो अवधिमा तीन पटकसम्म बेष्ट एजुकेसन अवार्ड पाउन सफल भइसकेका छौँ ।

Advertisement

म आफैँलाई विकम सकाइसकेपछि पढेर केही हुन्न भन्ने लाग्यो । त्यतिखेर अभ्यास केही थिएन । त्यो बेला मैले तीन वर्षको कोर्स गरेको हुँ । तर जब म बिजनेसमा आएँ, त्यसले मलाई केही सहयोग गरेन । त्योभन्दा राम्रो आईकम गरेर नै बिजनेसमा लागेको भए केही सहयोग पुग्थ्यो होला । तीन वर्ष राम्रो हुन्थ्यो । नेपालमा बीबीएको प्रोग्राम आउँदा मेरो दिमागमा त्यही चलिरहेको थियो । अहिले कलेजहरूमा धेरै प्रोग्रामहरू आइरहेका छन् । १४ वर्षअगाडि स्नातकमा नाम चलेका एक–दुईवटा कलेज थिए । मैले उद्यमीको रूपमा १० वर्ष काम गरेँ । तर म कहिल्यै सफल भइनँ । धेरै नोक्सान भयो ।

विद्यार्थीहरू चार वर्षको कोर्स पढ्दा–पढ्दै उमेर बीस वर्ष कटिसक्छन् । त्यसपछि मास्टर्स गर्ने । हामीलाई एकेडेमिक भन्दा पनि नन्क्रेडिट कोर्सहरू दियौँ । जस्तो– नन्क्रेडिट कोर्समा बैङ्किङ, एसपी एसस, पर्सनालिटी डेभलप्मेन्ट, इन्टर पर्सनल स्किल, अन्टरप्रेनरसीप स्किल, प्रोफेसनल स्किललगायतका स्किलहरूमा हामीले धेरै फोकस गर्यौं । ७० प्रतिशत फोकस विद्यार्थीहरूको कम्युनिकेसन स्किल, भ्यालुवेश स्किलमा भयो । व्यापार भनेकै विश्वास हो । यदि भ्यालु छैन भने व्यापारमा छिर्नु आवश्यक छैन ।

त्यस कारण हामीले विद्यार्थीहरूलाई मानवताको हिसाबमा यति धेरै कार्यक्रमहरू दियौँ कि चार वर्षपछि उनीहरू र उनीहरूका अभिभावकहरू छक्क परे । जुन विद्यार्थीहरू ड्यासमा बोलाउँदा हातखुट्टा काप्ने, बोल्नै नसक्ने हुन्थे । उनीहरू अहिले एमसी प्रोग्रामहरू गर्ने, कार्यक्रमहरू नै सञ्चालन गर्ने भए । उनीहरूको कन्फिडेन्स लेबल बढ्यो । त्यो कारणले बजारमा डीएभीको कार्यक्रम नेपालभित्रै ट्रान्सफर्म भयो । हाम्रोमा रिसर्च, केस स्टडीहरू हुन्छ । त्यो कसैले गराउँदैनथे, हाम्रोमा मात्र थियो । अहिले सबैले गराउँछन्, त्यो राम्रो भयो । खासमा पहिले सुरुवात गरेको हामीले नै हो ।

स्नातक तह किन पढ्ने ?

अहिले पहिले जस्तो व्यापारीको छोराले व्यापार नै गर्नुपर्छ भन्ने अवस्था छैन । विभिन्न ठाउँबाट म्यानेजमेन्टको महत्व बढ्दै गएको छ । डाक्टर, इन्जिनियरिङ पढ्छन् तर म्यानेजमेन्टका विद्यार्थीहरू त्योभन्दा माथि पुगेका छन् । नेपालमा थुप्रै निजी वाणिज्य बैङ्क, विकास बैङ्क र अन्य वित्तीय संस्थाहरू खुले । अचानक हजारौँ विद्यार्थीहरूको डिमान्ड आयो । बैङ्कमा जागिर भएकाहरूको पर्सनालिटी देखेर पनि गाउँघरका मानिसहरूले डाक्टर पढाउन करोडौँ खर्च गर्नुभन्दा बैङ्कमा जागिर लगाउन सके राम्रो भन्ने हिसाबले सोच्न थाले । त्यसले पनि एक किसिमको ट्रान्सफर्म भयो । म्यानेजमेन्टमा आकर्षण बढ्नुको मुख्य कारण भनेको बैङ्क तथा वित्तीय संस्थाले गर्दा नै हो । अन्तर्वार्ता लिँदा किन स्नातक पढ्न आयौ भनेर सोध्दा अन्य ठाउँमा मलाई अन्टप्र्रेनर बन्नु छ, निजी सेक्टरमा जानु छ भन्छन् । बाहिर नेस्ट्ले, पी एन्ड जी, हिन्दुस्तान लिभर कम्पनीहरूको बैङ्क भन्दा पनि बढी नाम छ । धेरै रेपुटेड छ, त्यस्तोमा जान खोज्छन् । तर नेपालको सन्दर्भमा उनीहरू बैङ्क नै भन्छन् । निजी कम्पनीहरूको त्यति विश्वसनीयता छैन । बैङ्कमा जागिर खानु छ भने विद्यार्थीहरूले म्यानेजमेन्टका कुरा स्नातकमै सिक्छन् । फेरि हामी भर्चुअल बैङ्क बनाएर विद्यार्थीहरूलाई इन्टर्न पनि गराउँछौँ । सफ्टवेयरहरू आफैँ ल्याएर चलाउँछौँ । त्यसरी पनि बैङ्कलाई सजिलो भएको छ ।

बजार सुहाउँदो शिक्षा

नेपालमा बजार सुहाउँदो विषय यही हो भनेर भन्न गाह्रो छ । तर अहिलेको सन्दर्भमा म कसैलाई निरुत्साहित गर्न चाहन्न । म्यानेजमेन्टको बीबीए, बीबीएसमा धेरै विद्यार्थीहरू छन् । अहिलेको जमानामा प्राविधिक ज्ञान हुनु अत्यन्त जरुरी छ । विश्व यति प्रतिस्पर्धी भइसकेको छ कि यदि तपाईंले होटल अथवा रेष्टुरेन्ट सञ्चालन गर्न खोज्नुभएको छ तर कुकिङसम्बन्धी ज्ञान छैन भने तपार्इंलाई गाह्रो पर्छ । भन्नुको अर्थ तपाईं जुनसुकै फिल्डमा जानुहोस् तर त्यस विषयमा तपाईंलाई राम्रो जानकारी हुनै पर्छ । जो मान्छेमा प्राविधिक ज्ञान छ, ऊ सफल भएको छ । जस्तो– सफ्टवेयर इन्जिनियरिङ नगरेको मान्छेलाई सफ्टवेयर कम्पनी चलाउन गाह्रो पर्छ । त्यस कारण अन्डरग्राजुएटसम्म प्राविधिक ज्ञान हासिल गरेर मास्टर्स गर्ने हो भने त्यो बेष्ट हुन्छ ।
हाम्रोमा बीबीए, बीबीएसका विद्यार्थीहरूको डिमान्ड बजारमा ह्वात्तै बढ्यो तर प्राविधिक ज्ञान नभएका विद्यार्थीहरूलाई बैङ्क अथवा निजी क्षेत्रमा जान गाह्रो भयो । प्राविधिक ज्ञान भएका ९९ प्रतिशत विद्यार्थीहरू त्यसै बस्नुपरेको छैन । धेरै आफैँ उद्यमी भएर बसेका छन् । आज शिक्षकहरूले राम्रा–राम्रा विद्यालयहरू सञ्चालन गरेर बसेका छन् । त्यो उनीहरूको टिचिङ व्याकग्राउन्डले गर्दा नै भएको हो । जस्तो– कसैले डेरी सञ्चालन गरिरहेका छन् । आफैँ डेरी टेक्निसियन भएका कारण उनीहरू त्यसमा सफल पनि भएका छन् ।

निजी क्षेत्रको शिक्षा र सरकारी नियत

नेपालमा धेरै राम्रा कलेज हुँदाहुँदै पनि विद्यार्थीहरू १२ पास हुनेबित्तिकै विदेश जाने अहिलेको ठूलो समस्या छ । त्यसको एउटा मुख्य कारण भनेको हाम्रो पोलिसी नै हो । जब भारतमा भर्ना खुल्छ, हाम्रोमा रोकिएको हुन्छ । भारतमा मंसिर–पौषतिर भर्ना खुल्दा हाम्रोमा त्यति बेला भर्ना लियो भने फाँसी लगाउने सिष्टम छ । हाम्रो भर्ना होलीपछि सुरु हुन्छ । एउटा मुख्य कारण त्यो पनि हो । भारतमा सरकारले १५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने सिष्टम बनाइदिएको छ । भारतले ढोका खोल्दै गयो, हाम्रोमा बन्द हुँदै गएको छ । हामीलाई सरकारले इनकरेज गर्नुको सट्टा डिसकरेज गर्दै लगेको छ । हामी कुनै मन्त्रालयमा गयौँ भने सबैभन्दा पहिले र सबैभन्दा बढी त्यहाँ करको कुरा हुन्छ । शिक्षामा करको कुरा किन यति धेरै आउँछ । शिक्षा मन्त्रालयमा शिक्षामन्त्री छन् कि अर्थमन्त्री छन्, कहिलेकाहीँ बुझ्न गाह्रो हुन्छ ।

भारतमा १५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी अनिवार्य गर्नाले उनीहरूले धेरै कम शुल्कमा विद्यार्थीहरूलाई पढाउन सुरु गरे । उनीहरूका पूर्वाधारहरू हाम्राभन्दा सयौँ गुणा राम्रा छन् । हाम्रो दुई एकडमा स्कुल छ । अनि हामीलाई भन्छन् महल खडा गरेछ, यसले खाइदियो, सरकारीकरण गर्नुप¥यो । भारतमा सय एकडभन्दा कममा कुनै विश्वविद्यालय छैन । तीस हजार विद्यार्थी पढ्छन् । हाम्रोमा एउटा फ्याकल्टीभन्दा अर्को फ्याकल्टी पढ्यो भने यो प्रोग्राम पढाउन मिल्दैन भनिन्छ । त्यहाँ सय–सयवटा प्रोग्राम एउटै कलेजमा चल्छ । एउटा प्रोग्राम अर्को भवनमा गर्दा मूल्य डबल हुने भयो । आखिर त्यही रिसोर्सहरूलाई पूरै प्रयोग गर्दा के समस्या हुन्छ ? यस्ता नीतिगत कुराहरू हाम्रोमा उल्टो छ । भर्ना गर्न नदिने, एउटै भवनमा पढाउन नदिने, इक्युभ्यालेन्स नदिने, टीयूका टिचरहरूलाई बाहिर पढाउन नदिने यस्ता धेरै कुराहरू छन् । टीयूको एफिलियसन भएको कार्यक्रममा टीयूका टिचरहरूलाई निजीमा पढाउन दिइँदैन । आखिर उनीहरूले लुकिछिपी पढाइरहेकै हुन्छन् । टीयूको काम देशको सबै क्षेत्रमा शिक्षालाई फैलाउने न हो । टीयूका टिचर टीयूमै गएर पढ्ने विद्यार्थीहरूका लागि मात्र त होइन । टीयूमा ८ लाख विद्यार्थीहरू थिए । अहिले घटेर ६ लाख तल झरिसके । हाम्रोमा शिक्षाको पक्षमा भन्दा पनि विपक्षमा धेरै नीतिहरू बनेका छन् । भारतमा शिक्षामा इनकम ट्याक्स नै छैन । तर नेपालमा शिक्षा क्षेत्रलाई सरकारले आपराधिक नियतले हेर्छ । सरकारले प्रत्यक्ष अथवा अप्रत्यक्षरूपमा शिक्षा क्षेत्रमा माफियहरू छन्, विदेशमा गएर पढ भनिरहेको छ ।

विद्यार्थीको चौतर्फी विकासको लागि डीएभी

जोसँग जे विषयको ज्ञान छ, उसले त्यसमै आफ्नो करिअर बनाउने हो । त्यस्तै, मेरो जुन अन्टप्र्रेनर स्किल छ, म त्यो विद्यार्थीहरूमा अवश्य ट्रान्सफर गर्छु । अर्को, सबैभन्दा बढी हामी भ्यालुमा फोकस गर्छौं । एउटा खराब मान्छे कहिल्यै पनि राम्रो म्यानेजर हुन सक्दैन । कम्प्युटरको जमाना छ । हामी एक्सएल पढाउँछौँ । बिनाएक्सएल आजको जमानामा कामै गर्न सकिँदैन । एक्सएल पढेर गएका हाम्रा विद्यार्थीहरू देखेर जुनै कम्पनीका मानिसहरू पनि छक्क पर्छन् । उसलाई सबै आउँछ । मेरो एक जना विद्यार्थी अहिले ऊ विदेशमा छ । उसलाई देखेर बोस छक्क पर्छ । उसलाई डकुमेन्ट बनाउन पनि आउँछ, इङ्लिस करेस्पोन्डेन्स गर्न पनि सक्छ, एक्सएलमा सारा डेटा निकाल्न सक्छ । उसलाई बोसले तिमी यति मल्टीट्यालेन्टेड कसरी भयौ भनेर सोध्यो । उसले भन्यो– म डीएभीको विद्यार्थी हुँ । त्यस कारण मेरो सुझाव छ– चिया पकाउनसमेत सिक्नुहोस् । हामी अब कफि मेकिङ क्लास पनि दिँदैछौँ । हामीलाई थाहै छैन कि कफि कति किसिमको हुन्छ । कफि टक नै हुन्छ । कफि अर्डर गर्दा तपाईंले यो हाल, यो नहाल भन्दा नै मानिसको कन्फिडेन्स लेबल थाहा हुन्छ । तपाईं भन्नुहोस्, तपाईंले जे भन्नुहुन्छ त्यही खाने भन्यो भने त्यसको स्टयान्डर्ड मानिसले बुझिहाल्छ । त्यस कारण डे«स कस्तो लगाउने, मेकअप कस्तो गर्ने, व्यवहार कसरी गर्ने, इन्टभ्र्यूमा कसरी जाने एउटा–एउटा चिजमा हामीले ध्यान दिएका छौँ । हामी हाम्रो कलेज विश्वमै बेष्ट छ भनेर क्लेम गर्छौं । म आफैँ उद्यमी भएर चलाइरहेको छु । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री