शुक्रबार, १६ चैत २०८०

एसपी दुर्गा सिंहको छुट्टै टोली कञ्चनपुरमा

समयपोष्ट २०७५ असोज २ गते ६:३७

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली खटाइएको छ । प्रहरी प्रधान कार्यालयले पीडित पक्ष र स्थानीयसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक(एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो ।

Advertisement

घटना महिलासँग सम्बन्धित भएकाले अनुसन्धानमा सहजता ल्याउन र चाँडो भन्दा चाँडो अपराधी पत्ता लगाउनका लागि महिला प्रहरी अधिकृत खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री