शुक्रबार, १६ चैत २०८०

टि भी एसका थप १० अत्याधुनिक शो रुमहरु आजबाट सञ्चालनमा, हेर्नुहोस् कहाँ-कहाँ ?

समयपोष्ट २०७५ असोज १ गते १४:१२

टि भी एस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर थप १० अत्याधुनिक शो रुमहरु सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमबारबाट काठमाडौँको कान्तिपथ, कुपन्डोल, टुसाल, र काठमाडौँ बाहिर इनरुवा, राजविराज, सिराहा, धादिड्ड, गरुडा, कावासोती र डडेलधुरामा नयाँ शो रुमहरु सञ्चालनमा ल्याएको हो ।

Advertisement

यी शोरुमहरुमा टि भी एसका नयाँ तथा पुराना मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । भर्खरै मात्र बजारमा सार्वजनिक गरिएको टि भी एस अपाचे आर आर ३१०, टि भी एस अपाचे आर टि आर १६० फोर भी र टि भी एस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर कम्पनीका उपादक्ष्य दिपक अग्रवालका अनुसार “ग्राहकहरुले अबका दिनहरुमा सुविधाजनक ढंगले स्थानीय शो रुम मार्फत सेवा प्राप्त गर्न सक्नेछन । टि भी एस ग्राहकहरुको सहज सुबिधा र किफायतीपन प्रति सदैव प्रतिवद्द रहेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री