बुधबार, १२ वैशाख २०८१

बालुवाटार पुगेका निर्मलाका बुवाआमालार्इ प्रधानमन्त्रीले के भनेर फर्काए

समयपोष्ट २०७५ असोज १ गते ८:०८

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । अधिकारकर्मीहरुसहित बालुवाटार पुगेका निर्मलाकी आमा दुर्गादेवी र बुबा यज्ञराजले छोरीको हत्यारालाई कारबाही गर्न माग गरे ।

Advertisement

भेटमा आमा दुर्गादेवीले घटनाको विवरण सुनाउदै कञ्चनपुरमा आन्दोलन हुँदा समेत न्याय नपाएकाले काठमाडैनै आउनुपरेको बताइन् । उनले भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’

जवाफमा प्रधानमन्त्रीले निर्मला हाम्री पनि छोरी भएकाले दोषीले सजाय पाउने आश्वासन दिएका थिए । उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो प्रकृतिको घटना नहोस् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री