बुधबार, १२ वैशाख २०८१

सेवा सुविधा नदिए बैठक नचलाउने चेतावनी

समयपोष्ट २०७५ भदौ ३० गते १:४१

संघीय संसद सचिवालयका कर्मचारीले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।

Advertisement

यसअघि दिँदै आएको सबैखाले सेवा सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

२०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुकी गरी ३ घण्टा बढी समय खटाइने गरिएको थियो ।

त्यसबापत उनीहरुले बिहान साढे २ सय र साँझ पनि त्यति नै अतिरिक्त रकम पाउने गरेका थिए ।

शनिबार र बिदाको दिन आएर काम गरेबापत दैनिक ७ सय रुपैयाँ दिएर प्रोत्साहित गर्ने गरिएको थियो । गत माघ ८ गतेपछि यो सुविधा कटौती गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री