शुक्रबार, १६ चैत २०८०

झापाका बजार सातै बार खुल्ने

समयपोष्ट २०७५ भदौ २९ गते १०:३८

नजिकँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै झापाका बजार अब सातै बार खुला हुने भएका छन् ।

Advertisement

विजयदशमी, दिपावली तथा छठपर्वका अवसरमा आम उपभोक्ताको सुविधाका लागि सबै व्यवसायीले साप्ताहिक रुपमा एक दिन बन्द गर्दै आएका पसल÷व्यापारिक प्रतिष्ठान खुला गर्ने भएका हुन् । झापाको मेचीनगर बुधबार, विर्तामोड सोमबार, चन्द्रगढी शनिबार, भद्रपुर बिहीबार र दमक नगरपालिकामा शुक्रबार बजार बन्द हुँदै आएका थिए ।
नगरका उद्योग वाणिज्य सङ्घले सूचना जारी गरेर छठ पर्व पछि अर्थात कात्तिक २८ गतेसम्मको अवधिसम्म बजार सातै बार खुला गर्न अनुरोध गरेपछि बजार खुला हुने भएको हो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री