बुधबार, १२ वैशाख २०८१

कालिका पावरको आइपिओ आजदेखि खुल्यो

समयपोष्ट २०७५ भदौ २८ गते ६:३८

कालिका पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण शेयर निश्कासन गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता साधारण शेयर निश्कासन गरेको हो । कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Advertisement

कम्पनीको साधारण शेयरमा छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको जनाएको छ ।

यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्कासन गरेको थियो । साधारण सेयर जारी गरेपछि कम्पनकिो चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री