शुक्रबार, १६ चैत २०८०

हेर्नुहोस् मिस टिन कलेजको छैटौं संस्करणका प्रतिस्पर्धीहरु (फोटोफिचर)

समयपोष्ट २०७५ भदौ २२ गते ८:०४

सिजन मिडियाद्वारा आयोजना गरिएको मिस टिन कलेजको छैटौं संस्करणमा सहभागी काठमाडौंका विभिन्न कलेजहरुमा कक्षा ११ र १२मा अध्ययनरत १६ वर्षदेखि १९ वर्ष सम्मका छात्राहरु सहभागी भएका छन्

Advertisement

सहभागी प्रतियोगीहरुलाई कार्यक्रममा विभिन्न तालिमहरु जस्तै व्यक्तित्व विकास, आत्मविश्वास अभिबृद्धि, स्टेज प्रर्फमेन्स, मिडियासम्बन्धी जानकारी, ट्राफिक नियमसम्बन्धी जानकारी साथै सामाजिक सेवा अन्र्तगत वागमति सफाई कायक्रममा सहभागी गराइने छ ।

यसको साथै रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न सामाजिक संघसस्थाको भ्रमण साथै अन्य विभिन्न आन्तरिक प्रतियोगीतात्मक कार्यक्रमहरु पनि समावेश गरिने छ ।

प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रावृत्ति साथै दुवै प्रतियोगीताका विजेताले थाइल्याड भ्रमणको टिकट, मोवाइल फोन, अस्ट्रेलिया अध्ययनको लागि छात्रावृत्ति, निःशुल्क टोफल आएलटिएस, म्यूजिक भिडियो तथा मोडलिङ विधामा सहयोग गरिने छ भने अन्य विभिन्न गिफ्टहयाम्पर पाउने छन् ।

यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ ।

यस प्रतियोगिताको फाइनल यहि भाद्र २८ गते नाचघर जमलमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री