शनिबार, ८ वैशाख २०८१

अब वैदेशिक लगानीको मुनाफाको ग्यारेन्टी सरकारले लिन्छ : मन्त्री यादव

समयपोष्ट २०७५ भदौ २१ गते ७:५६

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले वैदेशिक लगानीको मुनाफाको ग्यारेन्टी सरकारले लिने बताएका छन् । बिहिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले काठमाडौंमा आयोजना गरेको वैदेशिक लगानीसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

Advertisement

उनले सरकारले वैदेशिक लगानी भित्राउन लगानीकर्ताहरुको लगानीको उचित सुरक्षा गर्न सक्दो प्रयास गरिरहेको समेत दावी गरे । उनले लगानी गर्नेलाई नाफा हुन्छ भन्ने विश्वास सरकारले दिलाउने बताए । मन्त्री यादवले मुलुकमा वैदेशिक लगानी भित्रयाउन प्रयास गरिरहँदा पनि सरकारको आलोचना संचारमाध्यामबाटै हुने गरेको गुनासो पनि गरे ।

उनले वैदेशिक लगानी भित्र्याउने विषयमा सरकारलाई आवश्यक सुझाव दिन निजी क्षेत्रका उद्योगी, व्यवसायी, बुद्धिजीवि र संचारकर्मीहरुलाई पनि आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री