बुधबार, १२ वैशाख २०८१

पुनर्निर्माण प्राधिकरणको बैठक बालुवाटारमा सुरु

समयपोष्ट २०७५ भदौ २१ गते ६:४५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो ।

Advertisement

निर्देशक समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको अहिलेको अवस्था र आगामी कार्ययोजना पेश गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । बैठकमा पुनर्निर्माणसँग सम्बन्धी नीतिगत विषयहरुमा छलफल हुनेछ ।

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवाली नियुक्त भएपछिको यो पहिलो बैठक हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री