शुक्रबार, १६ चैत २०८०

शववाहन खरिद गर्न फुटसल

समयपोष्ट २०७५ भदौ २१ गते ५:५६

शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो ।

Advertisement

उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबाट शववहान ल्याउन सहज हुने र झापा तथा मोरङका विभिन्न आठ लायन्स क्लबको सहभागिताले भाइचारा र सद्भाव पनि वृद्धि हुने बताउनुभयो ।

दमक–९ स्थित रणभूमि फुटसलको खेल मैदानमा हुने सो प्रतियोगिताका विजेताले नगद रु ५० हजार, उपविजेताले रु २५ हजारसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक उज्जवल श्रेष्ठले बताउनुभयो । सो प्रतियोगितामा दमकका आयोजक संस्थासहित विगबुद्ध, युनाइटेड, स्विटसिटी, कमल गाउँपालिकाको लखनपुर लायन्स र मोरङको उर्लाबारी, मिक्लाजुङ्ग र पथरी लायन्स क्लबको सहभागिता रहने छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री