बिहीबार, १३ वैशाख २०८१

संशोधन ऐनले समग्र कर्मचारीको हित नगर्ने

समयपोष्ट २०७५ भदौ २० गते ७:४२

नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) ले हिजो यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताले अहिले संशोधनका लागि प्रस्तुत गरिएको कर्मचारीसम्बन्धी ऐनले समग्र कर्मचारीको हित नगर्ने धारणा राख्नु भएको छ ।

Advertisement

उहाँहरुले उक्त विधेयक फिर्ता गर्नुपर्ने माग पनि गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी संयन्त्रलाई पार्टीप्रति प्रतिबद्ध कर्मचारीतन्त्र बनाउन खोजेको विचार व्यक्त गर्नुभयो ।

देउवाले थप्नुभयो, कर्मचारीले पार्टीप्रति प्रतिबद्ध भएर काम गर्नुहुँदैन भन्ने मान्यता काँग्रेसको छ ।
नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिष्ट सरकारको काम तथा व्यवहारबाट जनता निराश भएको बताउनुभयो ।

पूर्वमन्त्रीहरु शङ्कर भण्डारी र कमला पन्तले सङ्घीयता नेपालमा पहिलो पटक लागू भएकाले केही समस्या भएको भए पनि कर्मचारी इमान्दारीपूर्वक काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, युनियन(सङ्घ) का पूर्वमहासचिव जितबहादुर कँडेल, पूर्वअध्यक्ष सुबोधकुमार देवकोटा, शोभाकर रेग्मी तथा वर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले हालै सरकारले संशोधनका लागि ल्याएको सङ्घीय निजामती सेवा ऐनजस्ताको तस्तै पारित गर्न नहुने बताउँदै तत्काल फिर्ता गर्न माग गर्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) मा रहेर योगदान दिने पूर्वउपाध्यक्ष रुद्र खनाललाई रु ५१ हजार नगदसहित सम्मान गर्नुभयो । त्यस्तै ७२ जना पूर्वकर्मचारीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री