शुक्रबार, १६ चैत २०८०

सेक्समा ‘पुरुष-महिला’ कसको महत्व कति ?,महिला निष्क्रिय हुँदैनन्, पुरुष अयोग्य हुन्छन् !

समयपोष्ट २०७५ भदौ २० गते ७:०६

यो दुनियाँमा मानव मात्र एउटा यस्तो जीव हो जसका लागि यौन सम्बन्धको उद्देश्य प्रजननका लागि मात्र नभई आत्मिक सुखको प्राप्ती पनि हो ।

Advertisement

इटलीका वैज्ञानिक र रोम टोर वर्गेटा विश्वविद्यालयमा मेडिकल सेक्सोलोजीका प्राध्यापक इम्यानुएल जनिनीले मानिसबीच हुने सम्बन्धमा प्रजननका साथै यौनसुख पनि निकै महत्व राख्ने बताउँछन् ।

जनिनीका अनुसार यसै कारण सेक्समा अनुसन्धान गर्ने धेरैजसो वैज्ञानिक सेक्सको क्रममा पाइने सुखद अनुभवलाई मापन गर्ने कोसिस पनि गरिरहेका छन् ।

यौन र यौनसुखसँग जोडिएका अर्को एउटा प्रश्न पनि सोधिन्छ । सेक्सको क्रममा महिला र पुरुषमा कसले कति यौनसुख प्राप्त गर्छन् ।

दोस्रो शब्दमा भन्ने हो भने यसलाई चरमोत्कर्ष वा अर्गेज्म पनि भनिन्छ ।

जनिनीले इटालीका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्तासँग मिलेर महिलामा अर्गेज्म मापन गर्नका लागि एक अनुसन्धान गरे ।

उनको अनुसन्धानलाई वैज्ञानिक जर्नल प्लोस वनमा ‘अर्गेज्मोमिटर–एफ’ नामबाट २९ अगस्टमा प्रकाशित गरियो ।

जनिनीले महिलाको अर्गेज्मबारे विभिन्न अनुसन्धान गरिएका बताउँदै उक्त अनुसन्धानमा महिलामा अर्गेज्म मापन गर्नका लागि साइकोमेट्रिक टूलको प्रयोग गरिएको जानकारी दिए ।

प्राध्यापक जनिनी भन्छन्, ‘सेक्ससम्बन्धि विभिन्न क्रिया जस्तै, इन्टरकोर्स, मास्टरबेशन र अन्य यौन क्रियाकलापलाई आधार बनाएर महिलामा हुने यौन सुख मापन गर्नु हाम्रो उद्देश्य थियो ।’

के हो अर्गेज्मोमिटर ?

जनिनीका अनुसार अर्गेज्मोमिटर कुनै उपकरण वा मेशिन होइन । अर्गेज्मोमिटरको अर्थ हो अर्गेज्मको मापन गर्नु ।

उनी यसबारे स्पष्ट पार्दै भन्छन्, ‘जसरी पीडाको मापन गर्ने कुनै उपकरण छैन त्यस्तै चरमोत्कर्षलाई मापन गर्ने पनि कुनै मेसिन वा उपकरण छैन ।’

चरमोत्कर्ष वा पीडा हरेकका लागि भिन्न हुन्छ । यो मानिसको नीजि अनुभवमा भर पर्छ । त्यसै कारण यसलाई मापन गर्नका लागि एउटा स्केलको प्रयोग गर्नु नै उचित हुन्छ ।

जनिनी भन्छन्, ‘संसारभरी पीडा कम गर्ने औषधीलाई एनालग स्केल अनुसार मापन गरेर नै बेचिन्छ । पीडा र आनन्द एक सिक्काका दुई पाटा हुन् ।’

‘जसरी स्केलको सहायताले पीडाको मात्राबारे पत्ता लगाउने गरिन्छ हामीले त्यही स्केलमार्फत चरमोत्कर्षको मात्रा मापन गर्यौं किनभने यी दुबै अनुभवको सम्बन्ध दिमागको एउटै भागमा हुन्छ । कुनै एउटा कुरा कुनै व्यक्तिका लागि पीडादायी हुनसक्छ जबकी अन्यका लागि त्यसमा सुख लुकेको पनि हुनसक्छ ।’

यसबारे प्रस्ट पार्दै उनी भन्छन्, ‘एकछिनका लागि मान्नुहोस्, तपाईंले कुनै अत्यधिक मसालेदार खाना खानुभयो, यो कतिका लागि त्यो निकै पीडादायी हुनसक्छ, कतिले मुखमा पनि हाल्न नसक्लान् तर त्यही खाना कतिलाई निकै स्वादिलो लाग्न सक्ला, औंला चाटीचाटी समेत खालान् र त्यसले सुखसमेत देला ।’

जनिनी सेक्सबारे पनि यस्तै एक उदाहरण दिँदै भन्छन्, ‘महिलामा यौन सुखका लागि क्लिटोरिस सबैभन्दा महत्वपूर्ण हिस्सा हो तर सधैं यसले नै यौन सुख प्राप्त हुन्छ भन्न मिल्दैन । बलात्कारजस्तो मामलामा पनि यौन सम्बन्ध नै बनाइन्छ, क्लिटोरिसमार्फत उत्तेजना पैदा गर्ने कोसिस हुन्छ तर यस्तो प्रकारको यौन सम्बन्धमा पीडा हुन्छ । हाम्रो दिमागले हामीलाई सन्देश पठाउँछ कि यो यौन सम्बन्धमा पीडा छ, आनन्द होइन ।’

कसरी गरियो यो अनुसन्धान ?

यो अनुसन्धानमा पाँच सय २६ महिलालाई समावेश गरियो । यीमध्ये एक सय १२ महिला सेक्सुएलिटी क्लिनिकका बिरामी थिए जसलाई सेक्स सम्बन्धि समस्या थियो ।

उनीहरुबाहेक अन्य चार सय १४ महिलालाई सेक्स सम्बन्धि कुनै समस्या थिएन । यी महिलालाई एक अनलाइन माध्यममार्फत चुनियो ।

अनुसन्धान टोलीले एक वेबसाइट बनायो जसमा महिलाले केही प्रश्नको जवाफ दिनुथियो ।

जनिनी भन्छन्, ‘यो एक स्मार्ट वेबसाइट हो जसमार्फत महिलाको व्यवहार बुझ्न मद्दत मिल्छ । जस्तै यदि कोही महिला द्वीलिङ्गी छिन् भने उनलाई पुरुष र महिलासँग कस्तो अनुभव रह्यो भनेर सोधियो ।’

विभिन्न प्रश्नमध्ये एक प्रश्न अर्गेज्मोमिटरसँग पनि जोडिएको थियो । यो प्रश्नमार्फत महिलासँग उनका यौनसुखलाई ० देखि १० का बीच एक उचित नम्बर दिन भनियो । यसमा ० को अर्थ कुनै यौन सुख थिएन जबकी १० को अर्थ पूर्ण रुपमा सन्तुष्टि ।

जनिनीले बीबीसीलाई महिलालाई यसको रेटिङ दिन कुनै हतार नभएको पनि जानकारी दिइएको बताए ।

उनीहरुले आफ्नो यौनक्रिया लगत्तै वा केही हप्ता वा केही महिनापछि पनि यसको जवाफ दिनसक्ने बताइएको थियो ।

जनिनी भन्छन्, ‘मान्नुहोस्, तपाईं विभिन्न डेन्टिस्टकोमा जानुभयो र यदि कसैले कुन डेन्टिस्टले उपचार गर्दा तपाईंलाई कम पीडा भयो भनेर सोधे उपचार गरेको धेरै पछि पनि यसको जवाफ दिन सक्नुहुन्छ ।’

उनी भन्छन्, ‘कुनै पनि व्यक्तिले मास्टरबेशन, इन्टरकोर्स, ओरल सेक्स वा अन्य विभिन्न प्रकारको यौन क्रियामध्ये सबैभन्दा आनन्द के मा पाइयो भनेर बताउन सक्छन् ।’

‘पुरुष–महिला’ कसको कति महत्व ?

फ्रेन्च भाषामा एउटा निकै प्रचलित भनाई छ, ‘महिला उदासीन वा निष्क्रिय हुँदैनन्, पुरुष अयोग्य हुन्छन् ।’

यो भनाईले बताउँछ कि सेक्सको क्रममा पुरुषको क्षमता नै यौनसुखका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ ।

तर प्राध्यापक जनिनी यो भनाईलाई ठाडो अस्विकार गर्छन् । उनी भन्छन्, ‘यस्तो प्रकारको कुरा पुरुषवादी सोचको परिणाम हो जसमा महिलालाई एक उपभोग्य वस्तुको रुपमा पेश गरिन्थ्यो । ’

जनिनी भन्छन्, ‘यो निकै संकुचित सोच हो । यौन सुखका लागि पुरुषको हात, लिंग र जिब्रो नै सबैभन्दा महत्वपूर्ण हुन्छ । म यस्तो सोचको पूर्ण रुपमा विरोध गर्छु । मेरो अनुसन्धानबाट पत्ता लागेको छ कि यौन सुखको आधा जिम्मेवारी महिलाको पनि हुन्छ ।’

‘जसरी पुरुषमा कहिलेकाँही शीघ्रपतन हुन्छ त्यसरी नै महिलाले पनि कहिलेकाँही चाँडो चरमोत्कर्ष पाउँछन् त कहिले ढिलो । यौन सम्बन्धको आनन्द महिलाका लागि परिवर्तन भइरहन्छन् । ’

प्राध्यापक जनिनीको यो अनुसन्धानमा १९ देखि ३५ वर्षका महिलाले भाग लिएका थिए । अनुसन्धानमा यो पनि पत्ता लाग्यो कि चरमोत्कर्षको मात्रा उमेरसँगै बढ्छ ।

प्राध्यापक जनिनी थप्छन्, ‘हामीले यो भनिरहेका छैनौं कि चरमोत्कर्षको सिधा सम्बन्ध उमेरसँग छ । जब महिला महिनावारी हुन थाल्छन् तब उनीहरुको चरमोत्कर्षमा पनि परिवर्तन हुन्छ । यस्तै, जब महिला ३० देखि ३५ वर्षका हुन्छन् तब उनीहरु चरमोत्कर्षको उच्च स्तरमा हुन्छन् ।’

प्राध्यापक जनिनीका अनुसार चरमोत्कर्ष बुझ्नका लागि हस्तमैथुन सबैभन्दा उत्कृष्ट तरिका हो । यसबाहेक महिलामा चरमोत्कर्षको अन्तर निकै धेरै हुन्छ जबकी पुरुषमा यो निकै हदसम्म समान हुन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री