बिहीबार, १३ वैशाख २०८१

स्कुटर नहरमा खस्दा एक जनाको ज्यान गयो, एक जना वेपत्ता

समयपोष्ट २०७५ भदौ १९ गते ५:२४

स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति वेपत्ता भएका छन् ।

Advertisement

भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गए राति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो । स्कुटरमा सवार अर्का एक व्यक्ति नहरमा बगेर वेपत्ता भएका छन् । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना३४प ९९४१ नं को स्कुटर पुल तर्ने क्रममा नहरमा खसेको थियो । भण्डारीको शव नहरबाट ५० मिटर टाढा फेला परेको थियो भने वेपत्ता भएका व्यक्तिको खोजी भइरहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री