बिहीबार, ६ वैशाख २०८१

ज्योति बिकास बैंकको उच्च ब्यवस्थापनमा दुई पदाधिकारी नियुक्त

समयपोष्ट २०७५ भदौ १९ गते ४:१४

ज्योति बिकास बंैकको उच्च ब्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन् । बैकको नायब महाप्रबन्धकमा शुशिल कुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका हुन ।

Advertisement

शुशिल कुमार शर्माको २३ बर्ष नेपाल एस. बि. आइ. बैक लि. र ५ बर्ष नेबिल बैंकमा काम गरेको अनुभब रहेको छ । उनी यस अघि एस. बि. आइ. बैकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत थिए । ब्यबस्थापनमा स्नातकोत्तर शर्मासँग शाखा प्रबन्धक देखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धक सम्मको काम गरेको अनुभब रहेको छ ।

रामहरि आचार्य सँग एभरेष्ट बैकमा २० बर्ष काम गरेको अनुभब रहेको छ । ब्यबस्थापनमा स्नातकोत्तर आचार्य यस अघि एभरेष्ट बैकको प्रबन्धकको रुपमा कार्यरत थिए । उच्च ब्यबस्थापनमा स्थापित बाणिज्य बैकमा लामो समयसम्म महत्वपुर्ण भुमिकामा रहेका ब्यक्तिहरुको नियुक्तिले ज्योति बिकास बैकको लक्ष्य प्राप्ति यात्रा अझ सहज हुने बैंकका सीईओ मजोज ज्ञवालीले जानकारी दिए ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २० अर्व भन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व भन्दा बढि ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ भने हाम्रो विकास बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्घान्तिक सहमति प्राप्त गरि प्रक्रिया अगाडी बढाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री