बिहीबार, १३ वैशाख २०८१

‘जातीय विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई परास्त गरेका छौँ’

समयपोष्ट २०७५ भदौ १८ गते ५:५३

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न साँस्कृतिक पर्वहरुले नेपालीहरुलाई एकताबद्ध गराउने काम गरेको बताएका छन् । गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

Advertisement

प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व भएको बताए । बिशेषगरी कर्णाली र ७ नं प्रदेशमा मनाइने यस पर्वले नेपालको साँस्कृतिक एकतालाई थप मजवुद बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, “नेपालका विभिन्न भाषा,संस्कृति,भेषभुषा रितिरिवाज, र संस्कारले विविधता बीच नै एकता,आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।”

सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाईने गौरा पर्व भाद्र कृष्णपञ्चमीका दिनदेखि सुरु भएको छ ।

गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर मनाईने गौरा पर्वले धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता खुशी हुने जनविश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री