शनिबार, ८ वैशाख २०८१

होटलमा प्रेमिकाको हत्या गरेर प्रेमि फरार

समयपोष्ट २०७५ भदौ १७ गते ६:४७

काठमाडौँको वसुन्धारास्थित एक गेष्ट हाउसमा प्रेमिकाको हत्या गरी प्रेमी फरार भएका छन् । भदौ ७ गते वसुन्धारास्थित स्पीड गेष्ट हाउसको कोठा नम्बर १०१ मा धादिङका १८ वर्षीय लक्ष्मी परियार र २२ वर्षीय अनिल परियार श्रीमान्–श्रीमती भन्दै बसेका थिए ।

Advertisement

भदौ १३ गतेबाट कोठा बन्द भएपछि १५ गते होटल सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए । १३ गते बाहिरिएका अनिल नआएपछि प्रहरीले १५ गते कोठामा हेर्दा लक्ष्मी मृत अवस्थामा भेटिएकी हुन् ।

हत्या कसरी भयो भन्ने बारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुँने प्रहरीले जनाएको छ । हत्यामा संलग्न भनिएका अनिल भने हाल फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री