बिहीबार, १३ वैशाख २०८१

सरकारले विकासभन्दा बढी हल्ला गर्यो : नेता पौडेल

समयपोष्ट २०७५ भदौ १६ गते १६:२०

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई विकासको प्रत्याभूति दिन सक्नुपर्ने बताउनुभएको छ ।

Advertisement

आदिकवि भानुभक्त क्याम्पसको ३२्औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित बृहत् सामुदायिक स्वास्थ्य शिविरको केशवटारमा उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

वर्तमान सरकारले विकासभन्दा पनि हल्लामात्र बढी गरेको धारणा राख्दै नेता पौडेलले काङ्ग्रेसले प्रतिपक्षमा रहेर सरकारको गलत क्रियाकलापको खबरदारी गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले दुरदराजमा रहेका बासिन्दालाई यस्ता शिविरले उनीहरुको स्वास्थ्य समस्याको समाधानमा सहयोग पु¥याउने धारणा राख्नुभयो ।

आदिकवि भानुभक्त क्याम्पस प्राध्यापक सङ्घ क्याम्पस इकाइ, व्यास नपा वडा नं १४ र केशवटार माविको संयुक्त आयोजना र तथा नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेश र कास्की सेवा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा सो बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ७०० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा वालरोग, दन्तरोग, महिला तथा प्रसूतिसम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान घाँटी, पेट र छाती मुटुसम्बन्धी रोगको परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री