नेपाल एसबिआई बैंकका ग्राहकहरुलाई ॐ हस्पिटलमा विशेष छुट
नेपाल एसबिआई बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेण्टर प्रा.लि बिच ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनूसार बैंकका अनुसार बैंकका ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु तथा योनो नेपाल एसबिआई मोबाइल एप प्रयोगकर्ताले बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम र ॐ हस्पिटल एण्ड रिसर्च सेण्टरका प्रमूख कार्यकारी अधिकृत यम बहादुर महतले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त समारोहमा बैंकका प्रमूख संचालन अधिकृत यादवेंद्र कांत साथै बैंक तथा हस्पि६लका वरिष्ठ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
बैंकले ९४ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट कार्यालय साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया