शनिबार, ३ साउन २०८२

घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने केन्द्रीय बैंकको तयारी

समयपोष्ट २०८० असोज ९ गते १०:१४

केन्द्रीय बैंकले यस वर्षको दसैं र तिहारका लागि घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा उपलब्ध हुने छ ।

अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक/एक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री