ह्याम्स अस्पतालले आईपीओ जारी गर्ने
समयपोष्ट
२०८० असोज ४ गते ९:५७
ह्याम्स ‘हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड’ले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित असोज २६ गते आर्थिक वर्ष २०७९/८० को साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्काशन गर्ने र यी कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालकलाई समितिलाई दिने प्रस्ताव पेश हुने उल्लेख छ।
कम्पनीले काठमाडौँको धुम्बाराहीमा अस्पताल संचालन गरिरहेको छ । कम्पनीको अध्यक्ष डा. आरएस भण्डारी हुन् । संचालकमा पीबी भण्डारी र डीबी भण्डारी रहेका छन् ।
प्रतिक्रिया