बुधबार, १२ वैशाख २०८१

एशियन लाइफको लाभांश पारित

समयपोष्ट २०७९ असोज १४ गते ७:४६

Advertisement

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश पारित गरेको छ ।

कम्पनीको बिहीबार सम्पन्न १४ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ बाट प्रस्तावित १४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेको थियो । त्यस अनुसार असोज ३ गतेसम्म कायम शेयरधनीलाई मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री