शुक्रबार, १६ चैत २०८०

सिटिजन्स बैंकले डाक्यो साधारणसभा

समयपोष्ट २०७९ असोज १३ गते ११:२५

Advertisement

सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा आह्रवान गरेको छ ।

बैंकको बुधबार बसेको संचालक समितिको बैठकले बैंकको सोह्रौं वार्षिक साधारणसभा कार्तिक ४ गते बिहान ११ः०० बजे अमृृतभोग, कालिकास्थान, डिल्लीबजारमा संचालन गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । बैंकले हाल कायाम चुक्ता पुँजीको ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री