बुधबार, १२ वैशाख २०८१

बजारमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

समयपोष्ट २०७९ असोज १३ गते ११:१९

Advertisement

नेपाल राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्ने भएको छ ।

बैंकले बिहीबार १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

आगामी असोज २७ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव हुँदा तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले आवश्यकता अनुसार रिपो जारी गर्दै आएको छ ।

बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल गरेर प्रक्रियामा सहभागी हुन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री