शनिबार, ८ वैशाख २०८१

माछापुच्छ्रे बैंकले ल्यायो नेपाल पे क्युआरमा १० प्रतिशत क्यास ब्याक अफर

समयपोष्ट २०७९ असोज १२ गते १९:१६

Advertisement

माछापुच्छ्रे बैंकले एनसीएचएलसंगको सहकार्यमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ ।

चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्धेश्यले बैंकले क्यासब्याक अफर संचालनमा ल्याएको हो ।

यो अफर यहि मिति २०७८ असोज ८ गते देखी असोज १४ गते सम्मका लागि लागु रहने छ । जस अन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्युआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम रु. १०० सम्म क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ । बैंक संगसगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशत सम्मको छुट संचालनमा ल्याएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता खोल्ने ( मुद्धती खाता खोल्न ) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री