शुक्रबार, १६ चैत २०८०

भुजुङ हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

समयपोष्ट २०७९ असोज १२ गते १७:२२

Advertisement

भुजुङ हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५८५,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभयो ।

हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी रु. ५० करोड रूपैयाँ, जारी पूँजी रु. ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी रु. ३२.७२५ करोड रूपैयाँ रहेको छ ।

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट (ग्ःज्एए) विकास गरिरहेको छ । आयोजनाको कुल लागत रु. ३९ करोड रहेको छ भने कम्पनिले आयोजनाको कुल लागतको १५% अर्थात रु. ५.८५ करोडको साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री