शुक्रबार, १६ चैत २०८०

विमानस्थल आसपास चङ्गा उडाउन प्रतिबन्ध

समयपोष्ट २०७९ असोज ११ गते २०:२९

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिबन्ध लगाएको छ ।

वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थ्ल आसपास चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले चङ्गा उडाउन प्रतिबन्ध लगाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भनेको छ,‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न–नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’

सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्राधिकरणको चेतावनी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री