शनिबार, ८ वैशाख २०८१

सन नेपाल लाइफ इन्स्योरेन्स छैंटौं वर्षमा प्रवेश

समयपोष्ट २०७९ असोज ६ गते १८:०१

Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखी आफ्नो स्थापनाको ५ बर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ ।

त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ । साथै सोही अवसरमा बिद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १००० भन्दा बढी बिद्यार्थीहरुमाझ बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री