शुक्रबार, ७ वैशाख २०८१

राधी विद्युतको हकप्रद शेयर बिक्री खुल्ला

समयपोष्ट २०७९ असोज ५ गते १०:२५

Advertisement

राधी विद्युत कम्पनीले असोज ५ गते बुधबारदेखि हकप्रद शेयर बिक्री खुल्ला गरेको छ।

कम्पनीले १ बराबर १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ ५० पैसाको १४७.५२ प्रतिशत अर्थात ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको छ।

हकप्रद निश्काशनको लागि कम्पनीले भदाै १२ गते शेयरधनी किताब बन्द गरेकोले भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद शेयरमा लगानीकर्ताले असाेज २५ गतेसम्म आवेदन दिन सक्नेछन्। हकप्रदमा मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, सि-आश्वामा संलग्न बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री