शुक्रबार, १६ चैत २०८०

नाडा इभी एक्स्पोमा नबिलको आकर्षक योजना, तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने

समयपोष्ट २०७९ असोज ४ गते १९:१८

Advertisement

नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ ।

बैंकले यही असोज ६ गते देखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा इभी एक्स्पो २०२२ मा सहभागी हुुँदै आफ्ना ग्राहक वर्गहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउने जनाएको छ ।

वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ ।

यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. जी -१२ मा ग्राहक वर्गलाई तत्काल ऋण मुुल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री