बिहीबार, १३ वैशाख २०८१

आइएमई जनरल इन्स्योरेन्स र इशान हस्पिटलबीच बिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता

समयपोष्ट २०७९ भदौ ३१ गते १६:५२

Advertisement

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र हस्पिटलका डाइरेक्टर राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमा सम्म इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलबीचले आफना ग्राहक महानुभावहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री