बिहीबार, १३ वैशाख २०८१

बैङ्कहरु बलियो भएमात्र अर्थव्यवस्थामा सघाउ पुग्छ

समयपोष्ट २०७९ भदौ २८ गते ९:३२

Advertisement

कर्मसियल बैङ्कहरुको पछिल्लो अवस्था कस्तो छ ?

गत असार र त्यसअघिका ६ महिनाको तुलना गर्दा अहिले कर्मसियल बैङ्कहरु पृथक अवस्थामा छन् । असारमा व्यालेन्ससिट राम्रो बनाउन सफल भए । १४ प्रतिशत वितरणयोग्य नाफा दिने अवस्थामा बैङ्कहरु आएका छन् । धेरै राम्रो होइन कि सष्टेनेबल प्रोफिटमा छन् । असारपछि निक्षेप खस्कँदो अवस्थामा छ । पछिल्लो सातामात्र कर्जा थोरै वृद्धि भएको छ ।

अन्य सबै क्षेत्रको नाफा खस्किँदा बैङ्कमात्र कसरी नाफामा भन्ने प्रश्न पनि छ नि ?

घाटामा जानु आफैंमा नराम्रो पक्ष हो । नाफामा जानु भनेको टिक्नु हो । समयअनुसार, परिवर्तित व्यवस्थाअनुसार काम गर्ने हो । प्रविधि रुपान्तरण गर्न, कर्मचारीको क्षमता अभिवृद्धि गर्न, पूर्वाधार सुदृढ गर्न र लगानीकर्तालाई प्रतिफल दिन नाफा अनिवार्य हो । कुन प्रकृतिबाट नाफा आएको छ ? फरक त्यतिमात्र हो । अहिले ५० प्रतिशतभन्दा बढी नाफा इम्पेरिमेण्ट राइट व्याकबाट आएको छ । ५० प्रतिशतभन्दा तल अपरेटिङ मोडलबाट व्यवसाय गरेर आएको हो । यसपटक व्यापार घाटा पनि त्यत्तिकै छ । टोटल अपरेटिङ इनकम पहिलेको भन्दा ४० प्रतिशत कम छ । ३५ प्रतिशत ट्रेडिङ डिक्रिज लस छ । घट्दो ट्रेनमा गएको अवस्थामा हामीले अन्य क्षेत्रमा समयमै लगानी गरेको, प्रपर म्यानेजमेण्ट गरेको र राइट व्याक गरेको कारणले नाफा देखिएको हो ।

यहीबीचमा मौद्रिक नीति पनि आयो । मौद्रिक नीतिमा यहाँहरुको सुझाव कत्तिको समेटिए ?

हामी नियामकीय निकायको मातहतमा बसेर काम गर्ने इकाइ हो । राज्यले दिएको वित्तिय नीतिलाई मौद्रिक नीतिले सपोर्ट गर्ने र मौद्रिक नीतिको नीति–निर्देशनभित्र बैङ्कहरु परिचालित हुने हो । यसपटक कसिलो मौद्रिक नीति आएको छ । तरलताको व्यवस्थापन गर्न व्याजदर करिडोरका २–३ वटा उपकरणहरु प्रयोगमा आउँछन् । भोलिका दिनमा हामीलाई अप्ठ्यारो भयो भने तीनवटै उपकरणहरु प्रयोग गर्ने आधारहरु बनाइएको छ । एम.एम.ई. लोनहरुलाई सिग्निफिकेण्ट ग्रोथ गर्नु पर्नेछ । सबैभन्दा राम्रौ पक्ष भनेकौ उत्पादन क्षेत्र र गैह्रउत्पादन क्षेत्रलाई व्याजदर फराकिलो बनाइएको छ । त्यसले उत्पादन क्षेत्रलाई प्राथमिकता दिएको देखिन्छ । लागत नबढोस्, प्रिमियमहरु बढी नपरोस् भनेर दुईवटा क्षेत्रलाई छुट्याइदिएको छ । अर्को, विप्रेषणलाई पनि आकर्षित गर्ने कुरा छ । विदेशी ऋण, एफ.डी.आई.का कुराहरुलाई पनि कहीँ न कहीँ सहजीकरण गरिएको छ । कर्जाको विस्तार, स्रोतको सीमितताभित्र हामीले काम गर्ने भएको हुनाले यो कसिलो मौद्रिक नीति नै हो ।

लामो समयदेखि लगानीयोग्य रकमको अभाव हुँदै आएको छ । यो कहिलेसम्म रहला ?

अहिले हाम्रो शाखा विस्तार पनि दोब्बर भएको छ । व्यवसाय र निक्षेप पनि करिब–करिब दोब्बर सङ्ख्यामा पुगेका छौं । हामी दुई–तीन वर्षदेखि सप्लाईमा केन्द्रित भयौं । गएको पैसा ठीक समयमा आएन । लगानी वृद्धिमात्र भएको एउटा पाटो थियो भने पछिल्लो छ महिनामा हामीलाई दिएको कोभिडको सबै प्रिभिलेजहरु आवश्यक नभएको भन्ने स्पष्ट भइसकेको छ । लगानीयोग्य रकमको पाटो भनेको तीन–चारवटा क्षेत्रले सपोर्ट गर्ने हो । विप्रेषण, एक्सटर्नल बरोइङ, एफ.डी.आई., आन्तरिक रुपमा पुँजीगत खर्च बढ्नुपपर्यो, उत्पादनमुखी अर्थतन्त्र र इकोसिष्टममा आर्थिक अवस्था चल्नुगर्यो । हामीले आयात बढी गर्यौं भने त्यसले सपोर्ट गर्दैन किनभने पैसा बाहिर जान्छ । त्यसकारण उत्पादनशील क्षेत्रमा जानुपर्छ भन्ने कुरा यसपालिको मौद्रिक नीतिले बोलेको छ ।

अहिलेको ग्लोबल क्राइसिसको बेला अर्थव्यवस्था नबिग्रने गरी जानुपर्ने हुन्छ । उत्पादन क्षेत्र भनेको कृषिमात्र हुँदैन । अहिले सिमेण्ट, विद्युत् पनि निर्यातसँग जोडिएका छन् । यी सबै क्षेत्रले निर्यातलाई सपोर्ट गर्ने, राजस्व जेनेरेट गर्नेमात्र होइन स्रोतको व्यवस्थापन पनि गर्छन् । अर्कोतिर, हामीले आयातलाई पनि निरुत्साहित गर्यौं भने हाम्रो आवश्यकता क्रमशः रोलओभर हुन्छ, इकोसिष्टममा आउँछ ।

गएको आर्थिक वर्षको रिजल्ट हेर्दा वाणिज्य बैङ्कहरुको अवस्था राम्रो देखियो । चालु आ.व. कस्तो रहला ?

कसिलो मौद्रिक नीतिभित्र हामी जानु पर्नेछ । पहिलो त्रैमासमा पहिले पनि साउन महिनामा निक्षेपहरु घट्ने हुन्थ्यो । बाहिरबाट पनि सँगसँगै आउने हुनाले अलिकति साँघुरो थियो । अहिले जानेमात्र भएको छ, आउने कम छ । अहिले पैसा फर्कने क्रममात्र भयो । थपिने क्रम नभएको हुनाले खाडल अलि बढी भएको हो । अब चुनाव पनि नजिकिँदै छ । उत्पादन क्षेत्रमा आजको आजै सबै उत्पादन गरेर नियन्त्रण गर्ने अवस्था छैन । यो बेला वैदेशिक ऋण, वैदेशिक सपोर्ट, एक्सटर्नल बरोइङ वा एफ.डी.आई. पनि आजको आजै आउँदैन । आउने भनेको यदि विप्रेषण आप्रवाह च्यानलवाइज आउने हो । पुँजीगत खर्च पनि आजको आजै हुँदैन । यी सबै कुरा हेर्दा हामीले सोचेको जस्तो सहजता देखिएको छैन । राष्ट्र बैङ्कले विभिन्न औजारमार्फत् तरलता व्यवस्थापन गर्ने, तरलता मेण्टेन गर्ने पोजिसनमा सपोर्ट गरेको छ । धेरै द्वारहरु खुला छन्, एन.आर.एन.को पैसा ल्याउने, रेमिट्यान्सलाई आकर्षित गर्ने, एक्टर्नल बरोइङ ल्याउने कुरामा बैङ्कहरु क्रियाशील छन् ।

मौद्रिक नीतिले ऋण विस्तारको लक्ष्य १२.६ प्रतिशत तोकेको छ । त्यो लक्ष्य भेट्टाउन चुनौती कत्तिको छ ?

कोरोना महामारीपछिको अवस्थालाई हेर्ने हो भने कर्जाको विस्तारमा समस्या त्यति छैन । उद्योगहरु आइरहेका छन्, उत्पादन क्षेत्रमा लगानी पनि भइरहेको छ । उपभोगमा पनि गइरहेको छ । सेक्टरल डिमाण्डहरु बढी भएको छ । माग भएको कारण त्यो कुरामा जाँदैन वा पुग्दैन भन्ने शङ्कामा हामी छैनौं । किनभने, हामीसँग अर्को १०–११ महिना बाँकी नै भएकोले त्यो लक्ष्यमा पुग्न सक्दैनौं भन्ने छैन । भोलिको दिनमा स्रोत र निक्षेपको विस्तार कसरी गर्छौं ? त्यो आधार हुन्छ ।

बैङ्कर सङ्घबाट भद्र सहमति गरेर व्याजदर नियन्त्रण गरिराख्नुभएको छ । यो कतिञ्जेल गर्नुहुन्छ ?

हामीले बढाउनैपर्ने हो त ? त्यो प्रणालीमा पैसा नआएपछि हामीले मूल्य नबढाएकोमात्र हो । प्रणालीमा पैसा आएको भए हामी लिन्थ्यौं र ट्रान्सफर गथ्र्यौं । कुन बेला नयाँ मूल्य दिने, ट्रान्सफर गर्ने ? त्यसको पद्धति छ । हामीले ती स्रोतहरु वृद्धि गरेको भए ट्रान्सफर गर्न सक्थ्यौं । एउटा त व्याज रोलओभर ट्रान्सफर गर्ने पद्धति पनि छैन । केही फिक्स्ड छ वा क्वाटर इण्डमा जानु पर्नेछ । एउटा कारण, त्यसले पनि मूल्यलाई चाहेको दिनमा हामी सेयरिङ गर्न सक्दैनौं । अर्कोतिर, स्रोत नबढ्नेबितिक्कै लागत सबैतिर बढ्छ । यसले बेस रेट, कष्ट अफ फण्डलाई हान्छ । सबै कुरा हाइअर साइडमा गएर फेरि बजारलाई असर गर्छ कि भनेर हाम्रो स्रोतलाई व्यवस्थापन गरेको हो । स्रोत वृद्धिसँगै खोल्दै जानुपर्छ । दुईपटक हामीले बढाएका थियौं । निश्चित समयमा घटाएका पनि थियौं । आवश्यकता पर्दा बढाउने र घटाउने भन्ने सिद्धान्तले नै गर्ने हो । माग छ आपूर्ति छैन भने फेरि सिष्टम कष्टमात्र बढाएर भएन । बढाउन हुन्न होइन कि बढाउनु पर्दा ट्रान्सफर पनि गर्न सकियोस् । बैङ्किङ क्षेत्र नोक्सानमा गयो भने अर्थव्यवस्था के होला ? हामी बैङ्किङ क्षेत्रले अर्थव्यवस्थालाई नकारात्मक अवस्थामा पु¥याउन भूमिका खेल्ने होइन । बैङ्कहरु बलियो भएमात्र अर्थव्यवस्थालाई पनि सघाउ पुग्छ । त्यही हिसाबमा हामीले काम गरिरहेका छौं ।

कृषि विकास बैङ्कको पछिल्लो अवस्था के छ ?

म आइसकेपछि चारवटा व्यालेन्ससिट र साधारणसभा गरिसक्यौं । चारवटा साधारणसभा गरिसकेको हुनाले औसत हेर्ने हो भने २२–२३ प्रतिशतको प्रतिफल दिएका छौं । पूरै कम्प्युटराइज्ड अनलाइन सिष्टमहरु छन् । प्रविधिको क्षेत्रमा हामी बलियो छौं । देश–विदेशबाट खाता खोल्ने सिष्टमदेखि लिएर धेरै अनलाइन सिष्टम गरेर थोरै जनशक्तिमा व्यवसायलाई दोब्बर गर्ने अवस्थामा पु¥याइसकेका छौं । सबै कुरा राम्रो हुँदा पनि अहिलेको आर्थिक वर्षमा तुलनात्मकरुपमा नाफा घटेको छ, पुरै घाटामा गएको होइन । त्यो भनेको व्यवसायको कारोबारभन्दा पनि व्यापारको क्षेत्र खासगरी पुँजी बजारबाट सेयर बजारमा जुन संरचनाबाट काम गरिरहेका थियौं । योभन्दा अघिल्लो वर्ष हामी लिडिङमा थियौं । अहिले पुँजी बजारको जुन अवस्था आयो, मूल्यमा गिरावट आयो, त्यो मूल्यले गर्दा नोक्सान बुक गर्नुपर्यो। यो डकुमेण्टेड लस हो । अहिले फेरि अलिअलि सुधार भएको छ । बुक अकाउण्टमा एन.एफ.आर.एस. सिष्टमबाट प्राइसको आधारबाट नाफा र घाटा बुक गर्नुपर्ने भएको हुनाले त्यो खालको असर गरेको हो । अरु क्षेत्रमा व्यापार वृद्धि भएको छ । पाउनुपर्ने व्याजबाट झण्डै अर्बजति इनकम वृद्धि भएको छ । अरु क्षेत्रमा हाम्रो आम्दानी पनि राम्रो छ । व्यवसाय पनि बढाएका छौं । एस.एस. क्वालिटी पनि १.६८ प्रतिशत छ । २ प्रतिशत तल दिएका छौं, जबकि धेरै पहिले हामी धेरै माथि थियौं । त्यसकारण हाम्रो खराब कर्जा ०.७९ प्रतिशत छ । पर्फम्ड लोन ९८.३२ प्रतिशत छ । एस.एस. क्वालिटीमा हामी सुधार भइरहेका छौं । कर्जाको आकारमा सुधार भइरहेका छौं । क्षेत्रीयरुपमा कृषिलाई पनि लिड गर्दै अगाडि बढिरहेका छौं । डिजिटल सिष्टमलाई कृषकहरुसम्म पु¥याएका छौं । किसानकार्ड पु¥याएका छौं । किसान, विदेशमा बस्ने नेपालीलाई पनि इण्टिग्रेसन गरिरहेका छौं । प्रविधिको माध्यमबाट सबै अनलाइन गरेका छौं । सबै उपकरणहरु प्रयोग गरेर प्रतिस्पर्धी चरणमा काम गरिरहेका छौं ।

किसानकार्डलगायतका प्रविधिको कुरा गर्नुभयो, ती कत्तिको प्रभावकारी भएका छन् ?

किसानकार्ड सुरु गर्दै गर्दा कोभिड सुरु भयो । त्यसकारण पनि एकैचोटी विस्तार गर्न सकेनौं । किसानको तहमा सशक्तीकरण गर्ने, अनुदान बढाउने, त्यसलाई इकोसिष्टममा ल्याउन आफैंमा चुनौती छ । तर, हामीले जहाँ, जुन–जुन क्षेत्रमा पाइलोटिङ गरिरहेका छौं, धेरै क्षेत्रमा राम्रो कारोबार देखिएको छ । कुनै क्षेत्रमा सोचेजस्तो कारोबार भएको छैन । कतिपय स्थानमा अकल्पनीय कारोबारको संरचना पाइसकेका छौं । पहिले गाउँका मानिसले मोबाइल समाउन जान्दैनथे, अहिले कसैलाई सिकाउन पर्दैन । प्रविधि भनेको बिस्तारै एउटाले अर्कोलाई सिकाउँदै अघि बढ्ने हो । मुख्य कुरा कोर एरियामा पसिरहेका छौं । हामी विस्तारको मोडलमा काम गरिरहेका छौं । यसलाई बिस्तारै माथि लैजानुपर्छ । नवीनता, रुपान्तरण भन्ने कुरा बिस्तारै हुने कुरा हो । अहिले हामीसँग किसान एप छ । मौसम, बजारमूल्य, प्रविधिको जानकारी त्यहाँ राखिएको छ । डिस्प्लेबाट आफ्नो माटो हेरेर कुन कीरा लागेको छ, प्रविधिले देखाउन सक्छ । त्यो सबै एन्टिग्रेसन हामीले गरेका छौं । यसको मतलब सबै ठाउँमा हामी पुगिसकेका छौं होइन, पाइलोटिङ गरेर बेस्ट मोडल बनाएका छौं ।

समग्रमा, हामीले ठूलो विश्वास जित्न सफल भएका छौं । लाखौं सङ्ख्यामा हाम्रा डिजिटल प्रडक्टहरु मोबाइल बैङ्किङमार्फत पहुँचमा पुगिसकेको छ । विदेशबाट हजारौं खाता खोलिएको छ । सानो कर्जामा पनि विशिष्टीकृत हुँदै गइरहेका छौं । कृषिमा लिड गर्दै गइरहेका छौं । कृषिसँग जोडिएको भ्यालु चेनमा काम गर्दैछौं । उत्पादन क्षेत्र पनि हामीले छोडेका छैनौं । समग्र बैङ्किङको मापदण्डभित्र रहेर आफूलाई अब्बल बनाउँदै उच्च प्रतिफलको दरमा बसेका छौं । यस बैङ्क आफैंमा परिवर्तनमुखी भएर अगाडि बढिरहेको छ ।

अरु कर्मसियल बैङ्कहरु बिग मर्जरमा गइरहेका छन् । कृषि विकास बैङ्कको मर्जर योजना के छ ?

मर्जर भनेको क्यापिटल बेस्ड कष्ट कटिङ मोडलका लागि हो । टेक्नोलोजी र ट्यालेण्ट स्ट्रोङ राख्ने हो । त्यसले मूल्यलगात सबै कुरा स्थिर राख्छ । चुनौतीहरु छन्, सामना गर्न गाह्रो हुन्छ । कमजोर भएर टिक्न नसक्ने भएपछि मर्जर हुने हो । पुँजीको कुरामा कृषि विकास बैङ्क अहिले मजबुत नै छ । यसको आफ्नै प्रकृतिबाट काम भएको हुनाले प्रतिस्पर्धाको बजार पनि दुई किसिमको छ । ग्रामीणमा हाम्रो वर्चश्व छ भने सहरी क्षेत्रमा पनि हाम्रो पहुँच सेलेक्टेड छ । यसलाई मूल्य र सेवाको मोडालिटीले असर गर्ने हो । सरकारी बैङ्कको ५१ प्रतिशतभन्दा माथि रहेको हामी तीनवटै बैङ्कको सरकारले एउटा नीति बनाउँछु भन्यो भने एउटा निर्णयले हुने भयो । हामी यसलाई नै बलियो बनाएर लैजान्छौं भनेपछि मोडालिटी अर्को हुन सक्छ । निजी क्षेत्र र हामी भनेको दुवै कम्पनी ऐन र वाफियाबाट चलेको हो । सेयर संरचना पनि उस्तै छ । फरक भनेको पब्लिकबाट आउने प्रमोटरहरु छुट्टै, सरकारी प्रमोटरबाट आउने छुट्टै भयो । बाँकी ३० प्रतिशत सेयरहोल्डर पब्लिकबाटै आउँछन् । बोर्डमा आउने विज्ञ भनेको एउटै स्ट्याण्र्ड हो । बाँकी नीति–नियमहरु भनेका हामीले जे फलो गर्छौं, उहाँहरुले त्यही गर्नुहुन्छ । समयबोध म्यागेजिनको भदौ अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री