बिहीबार, १३ वैशाख २०८१

माओवादी काठमाडौँ ५ बाट प्रत्यक्षतर्फ शर्मा र समानुपातिकतर्फ बानियाँ सिफारिस

समयपोष्ट २०७९ भदौ २४ गते १३:१६

Advertisement

नेकपा माओवादी केन्द्रले काठमाडौँ क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ कल्पना शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

माओवादीको काठमाडौं जिल्ला समितिले शर्माको एकल उम्मेदवारी सिफारिस गरेको हो ।

प्रतिनिधिसभा समानुपातिकतर्फ समितिले दिपक बानियाँ,अर्जुन थापा र सरिता देवी शर्मालाई सिफारिस गरेको छ ।

प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ सिता अधिकारी र प्रदेशसभा समानुपातिकतर्फ जमुना बुढाथोकीलाई सिफारिस गरेको छ ।

प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ कृष्ण गिरी, धर्म ढंगोल,सुरेन्द्र केसी,सलिना ढंगोल र समानुपातिकतर्फ अर्जुन मालबुल,चिजा माया पण्डित, टिका राम गुरुंग,शान्ति लामा र हेर काजी डंगोल सिफारिस भएका छन् ।

प्रत्यक्षतर्फ सिफारिस भएकी शर्मा हाल माओवादी केन्द्र काठमाडौँ क्षेत्र नं ५ की पार्टी इन्चार्ज हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयरका प्रत्यासी थिइन । बागमती प्रदेशको योजना आयोग सदस्यको रुपमा समेत काम गरिसकेकी शर्मा कानून व्यवसायी समेत हुन् ।

समानुपातिकतर्फ सिफारिस भएका बानियाँ माओवादी केन्द्र बागमति प्रदेश परिषद सदस्य र काठमाडौँ जिल्ला क्षेत्र नं ५ अन्र्तगत प्रदेश (ख)को संयोजक रहेका छन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको उपमेयरका प्रत्यासी थिए । बानियाँले यस अघि दुई पटक टोखा नगरकमिटी अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । पार्टी भित्र र बाहिर इमान्दार व्यक्तित्वको छवि बनाएका उनी आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा आफ्नो क्षेत्रबाट माओवादी केन्द्रले विजयी हाँसिल गर्नेमा ढुक्क रहेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री