शनिबार, ८ वैशाख २०८१

राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शेखर बराल नियुक्त

समयपोष्ट २०७९ भदौ २३ गते १६:०७

Advertisement

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा शेखर बराललाई नियुक्त गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीको बिहीबार बसेको संचालक समिति बैठकले बराललाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

बीमा र बैङ्किङ्ग क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव हासिल गरेका बरालले यसअघि सुर्य लाइफ, लुम्बिनी जनरल र युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेका बरालले त्रिभुवन विश्व बिद्यालयबाट एमबीए गरेका छन् । बरालले आइतबारदेखि पदभार सम्हाल्नेछन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री