मंगलबार, ११ वैशाख २०८१

हामी मुख्यरुपमा डिजिटाइजेसनमै केन्द्रित छौं

समयपोष्ट २०७९ भदौ २२ गते ९:०८

Advertisement

यूनाइटेड इन्स्योरेन्सको भर्खरै मात्र चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नुभएको छ । यसपालिको रिजल्टबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

यो विवरण हेर्दा म एकदमै सन्तुष्ट छु । मैले यो कम्पनीको सुरुवात गर्दा जम्मा ६९ करोड पुँजी थियो । गत वर्ष १ सय १० मा अन्त्य गर्यौं । अहिले १ सय ५६ करोडमा अन्त्य गरेका छौं । मुनाफा एक–डेढ करोड रहेकोमा दस करोडमा अन्त्य गरेका छौं । यसपालि लगभग १२–१३ करोडमा गर्दैछौं । यो सबै अडिट नभएको अङ्क हो । अडिट भएपछि घटबढ हुन सक्छ । थोरै परिवर्तन हुन्छ होला । हामीले गर्न अझै धेरै बाँकी छ । हामीले एउटा माइलस्टोन सेट गर्यौं। हामी उत्कृष्ट १०मा पनि आएका छौं । तल्लो तहबाट माथिल्लो तहमा आउँदा एक प्रकारको सन्तुष्टि मिलेको छ । गत वर्ष अझै गर्नु छ भन्ने थियो । त्यति सन्तुष्टि थिएन । तर मान्छे न हो, इच्छाहरु बढ्दै जान्छन् । अझै धेरै गर्न मन लागेको छ ।

एक क्लिकमै बीमालेख जारी गर्ने, सिष्टमहरु लञ्च गर्ने र दाबी भुक्तानी गर्न पनि डकुमेण्टहरु नै नचाहिने कसरी बनाउन सकिन्छ ? त्यो गर्दैछौं ।

तपाईं यस कम्पनीमा आइसकेपछि धेरै परिवर्तन गर्नुभयो । यूनाइटेडलाई प्रतिस्पर्धी बीमा कम्पनीको रुपमा उभ्याउनुभयो । अब ग्राहकहरुलाई दिने सेवा–सुविधा अन्य कम्पनीले भन्दा कसरी सहज र सुलभ बनाउँदै हुनुहुन्छ ?

हामी सेवामै केन्द्रित भएर बनेको कम्पनी हो । हाम्रो व्याकबोन एकदम बलियो भएकै कारण प्रिमियम बढेको हो । विशेषगरी, हामीले हेर्ने भनेको पोलिसी कसरी लिने र प्रिमियम कसरी तिर्ने भन्ने हो । एउटा तरिकाले छिटो गर्न गत वर्ष नै सबै चिज हामीले अटोमेट गरिसकेका छौं । टिमको स्ट्रेन्थहरु बढाइसकेका छौं । चाहे जनशक्ति बढाउन परोस् या टिमको क्षमता अभिवृद्धि गर्न, तालिममा लगानी गरेर व्याकबोन बलियो बनाइसकेका छौं । गत वर्षसम्म हाम्रो फोकस यसमै थियो । यो वर्ष हामीले डिजिटाइजेसनमा फोकस गर्ने कि भन्ने छ । एक क्लिकमै बीमालेख जारी गर्ने, सिष्टमहरु लञ्च गर्ने र दाबी भुक्तानी गर्न पनि डकुमेण्टहरु नै नचाहिने कसरी बनाउन सकिन्छ ? त्यो गर्दैछौं । फोटो, भिडियो सेवाग्राहीले रियल टाइममा नै खिच्न सक्नेछन् किनभने पुरानो फोटो हामीहरुलाई नै जोखिमपूर्ण हुन्छ । रियल टाइम क्लेम सेटलमेण्टको प्रोसेसहरु इनह्यान्स गर्ने सफ्टवेयरहरुमा फोकस गर्ने भनिरहेका छौं । किनभने, आधारभूत कुराहरुमा हामी बलिया भइसकेका छौं । अब एड्भान्स के गर्ने भन्नेमा हामी केन्द्रित छौं । हामी मुख्यरुपमा डिजिटाइजेसनमै केन्द्रित छौं ।

यस कम्पनीमा ठूला व्यावसायिक घरानाको पनि लगानी छ । त्यसले निर्जीवन बीमा कम्पनीको व्यवसाय वृद्धिलाई कत्तिको सपोर्ट गर्ने रहेछ ?

घराना त हामी २७ वर्षदेखि नै थियौं । सपोर्ट नभएकोे होइन । हाम्रो कम्पनीलाई प्रमोटरको सपोर्ट सधैं छ । चाहे व्यापार वृद्धि होस् या नहोस् । सपोर्ट गर्न टिम पनि बलियो हुनुपर्छ । म एक्लैले काम गरेर हुँदैन । एउटा सीईओले ट्रान्सफर्मेसन ल्याउन टिम बलियो हुनुपर्यो । उहाँहरुको कन्ट्याक्ट धेरै ठाउँमा छ । त्यो कन्ट्याक्टलाई कसरी रिच आउट गर्ने साथै क्षमता विकास गर्ने भन्ने हुन्छ । अहिले कन्ट्याक्ट रिच आउट गर्दैमा पनि हुँदैन । व्यापार भनेको सबैका लागि विन–विन हुनुपर्छ । घरानाको प्रभाव छ, टिम पनि बलियो छ । गत वर्ष हामीलाई धेरै इम्प्याक्ट आएको थियो । हाम्रो प्रमोटरहरुको एक्टेन्सिभ नेटवर्क छ, जुन क्लाइन्टहरुले हामीलाई १० प्रतिशत बिजनेस दिन्थे । अहिले डिलाइट भएर हामीलाई १०, अर्कोलाई ९०थियो भने अहिले ८० हामीसँग २० अरुसँग गरेको छ । त्यो खालको ट्रान्सफर्मेसन हामीमा आएको छ । सपोर्टलाई इनह्यान्समेट भएको छ । उहाँहरुले खुला तरिकाले रिफर गर्नुहुन्छ । नयाँ ठाउँमा १० प्रतिशत पहुँच, पुरानो ठाउँमा ८० पुग्न स्कोप भइसक्यो । भ्यालु याड छ । नभई सुखै छैन । सुरुवात हामीले त्यहीँबाट गरेको हो ।

दुईवटा कम्पनी मर्ज हुने भनेको पुँजी वृद्धिमात्र होइन, क्षमता वृद्धि पनि हो । स्रोत, क्लाइण्ट, दिमाग मर्ज हुनु हो । हामीले पुँजी वृद्धिका लागि पैसा मात्र हाल्छु भनेर हुँदैन । किन भन्दा, हाम्रो दिमाग यसैमा सीमित रहन्छ । अरुले एकको दुई गर्दा दुईको चार गर्ने दिमाग चाहिन्छ ।

बीमा समितिले कम्पनीहरुको पुँजी वृद्धि गर्न निर्देशन दिएको छ । धेरै कम्पनीहरुले मर्जरका लागि पार्टनर खोजिसके । यहाँहरुले पुँजी कसरी पुर्याउँदै हुनुहुन्छ ?

हामी पनि मर्जरमै जाने हो । बीमा समितिको निर्देशन आउनुअघि नै हामी गत सालको साधारणसभामा मर्जरको एजेण्डा नै पास गरेका थियौं । बजारमा टिक्न अलिकति ठूलो कम्पाउण्ड बनाउने हाम्रो इच्छा थियो । हामीले एक्युजिसन मर्जर दुवै पास गरेका थियौं । पुँजी वृद्धिका लागि हेर्ने त्यही नै हो । फेरि दुईवटा कम्पनी मर्ज हुने भनेको पुँजी वृद्धिमात्र होइन, क्षमता वृद्धि पनि हो । स्रोत, क्लाइण्ट, दिमाग मर्ज हुनु हो । हामीले पुँजी वृद्धिका लागि पैसा मात्र हाल्छु भनेर हुँदैन । किन भन्दा, हाम्रो दिमाग यसैमा सीमित रहन्छ । अरुले एकको दुई गर्दा दुईको चार गर्ने दिमाग चाहिन्छ ।

मर्जरको प्रक्रिया कहाँ पुग्यो त ?

बीमा समितिले भन्नुभन्दा अगाडि नै सबै प्रक्रिया पु¥याउने हाम्रो इच्छा हो । तर, सबैभन्दा पहिले मन मिल्नुप¥यो । व्यवसाय गर्ने तरिका मिल्नुपर्यो । टिम कसरी बन्छ ? टिमलाई कसरी सन्तुलित तरिकाले लैजाने ? मर्जर गर्दा सबैभन्दा पहिले कर्मचारीमा केन्द्रित हुनुपर्छ जस्तो मलाई लाग्छ । यूनाइटेड जस्तो कम्पनीले ६९ करोडबाट दुई वर्षमा १५६ करोडमा जुन रुपान्तरण ल्यायो, त्यो जनशक्तिलाई कसरी अगाडि मिलाएर लैजाने । अरुको कुनै कम्पनीमा डेपुटी म्यानेजर हुनुहुन्छ भने हाम्रोमा सिनियर अफिसर होला । उसले सीईओको कल्सटर हेर्ने होला । भन्नुको अर्थ, हामी ह्युमन रिसोर्ससेसमा धेरै खर्च गर्न सक्ने कम्पनी थिएनौं । तर, अहिले हामीले जुन क्षमतावान् रिसोर्सेसलाई ट्रेनिङ दियौं । उहाँहरु सिनियर अफिसर, म्यानेजर, डेपुटी म्यानेजर हुनुहोला । मर्ज हुँदा १० करोड गर्ने मान्छे तल दुई करोड गर्ने माथि पर्ला । ठूलो कम्पनीले त्यो धान्न सक्ला तर हामी त्यो धान्न सक्दैनथ्यौं । हामीले हाम्रो रिसोर्ससेस कसरी व्यालेन्स गरेर लैजान सक्छौं ? कसरी हाम्रा शाखाहरु, हाम्रा कर्मचारीहरुलाई प्रभाव नपर्ने गरी लिएर जान सकिन्छ ? माथि भनेको बोर्डसँगै काम गर्नुपर्ने हो । त्यो बोर्ड कसरी बन्छ, जसले यूनाइटेडको स्पिरिटलाई हार्म गर्दैन भन्ने हो ।

अर्कोतिर, हामीलाई जहिले पनि घराना भन्ने गरिन्छ । तर, त्यो बोर्ड फर्मेसनमा त्यो एउटा ग्रुप सिनर्जी पनि हुनुपर्छ । पब्लिक लिमिटेड हो पब्लिकको सिनर्जी हुनुपर्यो । पब्लिकलाई मनपर्नुपर्यो । त्यसपछि प्रमोटर सिनर्जी हो अनि काम गर्ने तरिका मिल्नुपर्यो। कसैको ए स्पिड हुन्छ भने कसैको ए प्लस स्पिड हुन्छ । त्यो स्पिड पनि म्याच हुनुपर्यो नत्र दुईवटा कम्पनी मर्ज गर्दा गाह्रो पर्छ । यो सबै मिलाउन खोज्दा हामी अलि पछाडि परेका हौं । पक्कै पनि मर्जरमा त जान्छौं नै । समयबोध म्यागेजिन, भदौं अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री