शुक्रबार, १६ चैत २०८०

विश्वका टप २५० एम्.एस्.एस्.पी मध्ये भैरव टेक्नोलोजी १५१ औँ स्थानमा, एसियामा टप १५

समयपोष्ट २०७८ असोज १२ गते ११:४३

Advertisement

नेपालमा स्थापित भैरव टेक्नोलोजी, विश्वका एम्.एस्.एस्.पी प्रदायकमध्ये १५१औँ स्थानमा पर्न सफल भएको छ भने एसियाका उत्कृष्ट १५ मा परेको छ ।

सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरुलाई उत्कृष्ट साईबर सेक्युरिटी सोलुसनहरु प्रदान गर्दै आएको हो ।

साईबर सेक्युरिटीको विश्वमा सुप्रसिद्ध भैरव टेक्नोलोजीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको एस्.ओ.सी (सेक्युरिटी अपरेशन्स सेन्टर) को साईबर थे्रट मनिटरिङ सिस्टम (सि.टि.एम्.एस्)द्वारा कम्पनीहरुलाई साईबर सुरक्षा प्रदान गर्दछ । नेपालमै बनेको, र विभिन्न प्रावधानहरुबाट प्रयोगमा ल्याइएको भैरवको ईन–बिल्ट सफ्टवेयर भैरव सि.टि.एम्.एस्ले आर्टिफिसियल इन्टेलिजेन्स, थे्रट इन्टेलिजेन्स र ह्युमन इन्टेलिजेन्स (साईबर सेक्युरिटी एनलिस्टहरुको समुह) को संयोजनबाट कम्पनीहरुको गोप्य सेक्युरिटी पद्धति र पहिचानलाई ध्यानमा राखी २४सै घण्टा, ३६५ दिन ग्राहक कम्पनीहरुलाई उच्चस्तरीय साईबर सुरक्षा दिने कार्य गर्दै आएको छ ।

नेपालमा पहिलोपटक यस किसिमको साईबर सुरक्षा प्रणाली सुचारु गरेको भैरवले एस्.ओ.सी सेवामात्र प्रदान गर्दैन, आवासीय र गैरआवासीय कम्पनीहरुसँग साझेदारी गरी विविध सेवाहरु, जस्तै भि.ए–पि.टी (भल्नरेबिलिटी असेसमेन्ट – पेनिट्रेशन टेस्टिङ), व्यवस्थित जि.आर.सी सेवा, इन्र्पmमेसन सिस्टम अडिट, साईबर सेक्युरिटीको जानकारी, र विविध सेवासुविधाहरु प्रभावशाली रुपमा प्रदान गर्दछ । यसैगरी, अधिक आर. ओ. आई (रिर्टन अफ इन्भेस्टमेन्ट), निम्न परिचालन लागत, र अन्य व्यापारिक लाभार्थहरु पनि यस कम्पनीले प्रदान गर्दछ । यसकारण, नेपालका विभिन्न “क” वर्गका वित्तिय संस्थालगायत आइ.टी कम्पनीहरुले भैरवको साईबर सेक्युरिटीको सेवासुविधाहरु प्रयोग गरिरहेका छन् ।

साईबर सेक्युरिटीको नयाँ उचाइमा पुग्न सफल भैरवले, सदा साथ रहेका प्रिय ग्राहकवर्गमा, यहाँसम्म पुग्न ग्राहकवर्गको पनि अभिन्न योगदान रहेको दाबी गर्दै उनीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री