बिहीबार, १३ वैशाख २०८१

भन्सार कार्यालयमा इञ्जिनीयर नहुँदा रोकियो लिलाम प्रक्रिया, दुई वर्षदेखि त्यसै थन्किए लाखौँका सवारी साधन

समयपोष्ट २०७८ असोज ११ गते १०:४६

Advertisement

लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो ।

बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिनुभयो ।

“भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्याङ्कन गर्नका लागि मेकानिकल इञ्जिनीयर छैन”, उहाँले भन्नुभयो, “अन्य कार्यालयबाट तलवको व्यवस्था गरी इञ्जिनीयर झिकाउनुपर्ने हुन्छ । इञ्जिनीयरको फुर्सद नहूँदा सवारी साधनका चेसिज मोडललगायतको भिडानको कार्य हुन पाएको छैन ।”

उहाँका अनुसार हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाउनु प¥यो । कति वर्ष पुरानो हो । उत्पादन भएको वर्ष कुन हो सो कुरा पत्ता लगाई सकेपछि इञ्जिनीयरले सवारी साधनको मूल्याङ्कन गरी मूल्य निर्धारण पछि मात्रै लिलाम प्रक्रिया अगाडि बढ्छ ।

भन्सार कार्यालयमा ३०० मोटरसाइकल र १५ बढी जीप, कार, ट्रक, भ्यान लगायतका साधन लिलामको पर्खाइमा रहेका छन । दुई तीन महिनाभित्रै भन्सार कार्यालयमा रहेका सवारी साधनको लिलाम प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री