बुधबार, १२ वैशाख २०८१

रेनोको शुभ कार–रम्भ : ३ लाखसम्मको नगद छुट

समयपोष्ट २०७८ असोज १० गते २०:५४

Advertisement

नेपालमा रेनो गाडीहरूको अधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सले आफ्नो विशेष चाडपर्व योजना ‘रेनो शुभ कार–रम्भ’ सार्वजनिक गरेको छ ।

‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ सँगै यो योजना आएको हो ।

रेनोको कुनैपनि गाडीको खरिदमा ग्राहकहरुले ३ लाखसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ वर्षसम्मको वारेन्टी जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरूमा उपलब्ध रहने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री