बिहीबार, १३ वैशाख २०८१

देशभर थप ८३४ जनामा कोरोना पुष्टि

समयपोष्ट २०७८ असोज १० गते १६:४८

Advertisement

पछिल्लो २४ घण्टामा देशभर थप ८३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ घण्टामा १३ हजार ७३६ जनामा कोरोना परीक्षण भएको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा ९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६ पुगेको छ ।

सोही अवधिमा १२७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससंगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ ।

यस्तै कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९१ हजार ३९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ५४७ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री