बिहीबार, १३ वैशाख २०८१

एनआरएनएको अध्यक्षमा कुल आचार्यले घोषणा गरे उम्मेदवारी

समयपोष्ट २०७८ असोज १० गते १४:५०

Advertisement

गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।​एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताए ।

पर्वतमा जन्मिएका आचार्य लण्डन बसेर व्यवसाय गर्छन् । उनी नवौं महाधिवेशनमा अध्यक्ष पदमा कुमार पन्तसँग पराजित भएका थिए । दशौं महाधिवेशनमा बद्री केसी र रविना थापा पनि अध्यक्षको उम्मेदवार छन् । केसी विद्यमान कार्यसमितिमा अध्यक्ष छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री