बिहीबार, १३ वैशाख २०८१

भारबुङ जलाशययुक्त परियोजना निमार्ण सुरु, सम्भाव्यता/वातावरणीय अध्ययनका लागि तीन कम्पनीसंग सम्झौता

समयपोष्ट २०७८ असोज १० गते १२:१४

Advertisement

विद्युत विकास विभागले डोल्पाको ताङसोङ र काइके गाउँपालिकामा निर्माण गर्न लागिएको भारबुङ जलाशययुक्त परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पार्ने काम सुरु गरेको छ।

विभागले यही परियोजनासँग जोडिएको तातु जलविद्युतको पनि वातावरणीय प्रभाव मूल्यांकन सुरु गर्न लागिएको जनाएको छ । भारबुङ परियोजना ३१७.४ मेगावाट क्षमताको हो भने तातु जलविद्युत ९.८ मेगावाट क्षमताको हो।

विद्युत विकास विभागले पोहोर नै भारभुङ जलाशय जलविद्युत आयोजना अध्ययन गर्न परामर्शदाता छनोट गरेको थियो। विभागले आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्न एक नेपालीसहित ३ कम्पनीसँग सम्झौता गरेको थियो।

आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन (मूल्य अभिवृद्धि करसहित) २२ करोड १९ लाख रुपैयाँमा गरिने छ। अध्ययका लागि चार वर्ष तोकिए पनि एक वर्ष सक्किइसकेको छ।

भारबुङको संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युतको जोहो गर्न तातु जलविद्युत परियोजना निर्माण गरिने छ। यसको पनि वातावरणीय मूल्यांकनको काम सुरु भएको हो। परियोजनाले आगामी सात दिनभित्र के कस्तो असर पर्छ भनेर जानकारी दिन भनेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री