मंगलबार, ४ वैशाख २०८१

केन्ट आर.ओ.को दशै तिहार अफर : केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सी. जीको चपर उपहार

समयपोष्ट २०७८ असोज १० गते ११:५२

Advertisement

ई.ओ.एल. प्रा. लि, नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यस पालीको दशै र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १००% शुद्ध पानीसँग मनाउनुहोस्” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सी. जी. ब्रान्डको चपर उपहार स्वरूप प्रदान गरिएको छ ।

यो ग्राहक योजना अश्विन ८, २०७८ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री